पुणेे : बलिउड अभिनेता संजय दत्त ४२ महिनाको जेल बसाइपछि बिहीबार रिहा भएका छन्। सन् १९९३ मार्च मा श्रृंखलाबद्ध मुम्बई विस्फोटको आरोपमा जेल सजायतोकिएको थियो।
बिहीबार बिहान पुणेस्थित यर्वदा केन्द्रीय कारागारबाट उनी निस्किए। उनलाई स्वागत गर्न मुम्बई विमानस्थलमा शुभेच्छुक, आफन्त र मिडिया उपस्थित थिए।
पत्नी मान्यता दत्तसहित उनका निकट साथीहरु संजयलाई लिन एयरपोर्ट पुगेकाथिए। मुम्बई पुगे लगत्तै उनी सिद्धिविनायक मन्दिरमा प्रार्थनका लागि पुगे।
त्यसपछि उनीक्यान्सरबाट निधन भएकी आफ्नी आमा एवं अभिनेत्री नरगिस दत्तको समाधिस्थलमा पुगेर प्रार्थना गरे। लगत्तै उनी बान्द्रास्थित घरमा पुग्नेछन्। अपरान्ह उनी मिडियासँग प्रेस कन्फे्रन्स गर्ने तयारीमा छन्। – इन्डियनएक्सप्रेस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment