काठमाडौँ, १३ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सधैं सिमानामा बसेर देशको रक्षा गरेका मधेसी जनता देशका बिनाबर्दीका सेना भएको बताएका छन् ।
यहाँ आज रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उनले देशको रक्षा र निर्माणमा सबै जनताको उत्तिकै भूमिका भएकामा जोड दिँदै भने, ‘यहाँ मधेसीलाई विदेशीलाई जस्तो व्यवहार गरिन्छ, तर उनीहरुले नेपाली सीमाको रक्षा बिनाबर्दीका सेनाका रुपमा गरेका छन् ।’
हिमाली, पहाडी र मधेसीको भावनात्मक एकतामा जोड दिएका अध्यक्ष यादवले हिजोको मधेस आन्दोलन अब जनआन्दोलनको स्वरुपमा परिवर्तन भएको बताउँदै भने, ‘अब आन्दोलनको थलो काठमाडौँ हुनेछ र आन्दोलनकारी हिमाली, पहाडी र मधेसी सबै हुनेछन् ।’ आन्दोलन अन्त्य नभएको र स्वरुपमात्र बदलिएको बताउँदै उनले भने, ‘जनआन्दोलन शान्तिपूर्ण हुनेछ ।’
फरक प्रसङ्गमा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई ‘एजेन्डाविहीन घुमफिर’को सङ्ज्ञा दिए । भ्रमणले नेपाल र भारतको सम्बन्ध सुधार गर्न नसकेको बताउँदै उनले टिप्पणी गरे ।
सीमाङ्कनलगायतका मुद्दा समाधान गर्न उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा बनेको राजनीतिक संयन्त्रलाई मधेसी मोर्चाले नमान्ने नेता यादवले बताए । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment