१३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा आफूूले नेपालका तर्फबाट अडानका साथ कुरा राखेको बताए ।
बालुवाटारमा साझेदार दलका नेताहरुलाई भ्रमणबारे ब्रिफिङ गर्दै उनले भारत भ्रमण सफल भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट आफूले भारतिय समकक्षीसँग अडानसाथ कुरा राखेको नेताहरूलार्इ जानकारी दिएका छन् । ओलीले भने-‘संविधानसभाको ९०प्रतिशत बहुमतले संविधान जारी गरेको हो । यसमा तपाईंहरुको रिजरभेसन किन भनेर प्रष्टसँग सोधें । यसमा मोदीजीले हाम्रो चाहना त केवल तपाईहरु मिलेर जानुहोस् भन्ने मात्र हो भन्नुभयो ।’
भारतीय नेताहरुलाई आफूले सिधै नेपालको सरकारसँग सम्बन्ध राख्न्ा आफूले भनेको प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘दुई चार जना मान्छेसँग होइन, नेपालका बारेमा सिधै सरकारसँग कुरा गर्नुपर्छ भने’ ओलीको भनाइ उृदृत गर्दै उनको निजी सचिवालयले जनाएको छ ।
बंगालदेशबाट अब सिधै नेपालमा वश्तुहरुको आयत गर्न सकिने सहमतिलाई ठुलो उपलब्धिका रुपमा लिुनपर्ने प्रधानमन्त्रीले बताए ।
भारतका बिभिन्न ठाँउमा आफूलाई भब्य स्वागत भएको र भारतीय जनताले पनि नेपालप्रति देखाएको सद्ध्भाव देखाएको बताए । प्रधानमन्त्री ओलीले केही सञ्चार माध्यममा आएजस्तो भारतीय पक्षबाट हिन्दु राष्ट्रको बिषयमा कुनै कुरा नउठाइएको समेत स्पष्ट पारेका छन् ।
ब्रिफिङमा उपस्थित नेताहरुले प्रधानमन्त्रीको भ्रमणपछि नेपाल र भारत सम्बन्ध थप सुमधुर हुने अपेक्षा गरिएको बताएका छन् ।
एमाअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमण समग्रमा उपलब्धीमुलक रहेको बताएका छन् ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment