काठमाडौं, १३ फागुन । काठमाडौं क्रिकेट सेन्टरको आयोजनामा यही फागुन १५ गतेदेखि राजधानीमा प्रथम रुस्लान ट्वेन्टी-ट्वेन्टी क्रिकेट कप प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्ने बिहीबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्लले जानकारी दिए । प्रतियोगितामा उपत्यकाका १२ र उपत्यका बाहिरका चार टोलीको सहभागिता रहनेछ ।
‘नकआउट’का आधारमा खेलाइने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा दुबै समूहका उत्कृट समान चार–चार टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको उपाधि विजेता टोलीले दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले एक लाख पाउनेछन् । प्रतियोगिता यही फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment