सलमान खान
१३ फागुन, भैरहवा । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जिल्लामा चैते धानको लागि शतप्रतिशत अनुदानमा विउ वितरण सुरु गरेको छ ।
जिल्लामा धानको उत्पादन बढाउने र धान आयातलाई प्रतिस्थापन गरी खाद्य सुरक्षा गर्ने उद्देश्यले बृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले चैते धानको विउ वितरण सुरु गरेको हो ।
चैते धानको लागि जिल्लामा अनुदानको कार्यक्रम पहिलो पटक आएको हो । बर्खे धान उत्पादनमा रुपन्देही उर्वर मानिए पनि चैते धान भने खासै रोपिने गरिएको छैन ।
बृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत लुम्बिनी अञ्चलका रुपन्देही, कपिलबस्तु सहित तराईका अन्य १३ जिल्लामा यसै बर्षबाट यो योजना लागु भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ ।
सुख्खा याममा समेत सिचाई सुविधा रहेका जिल्लाको ६ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा चैते धानको समेत सम्भावना रहेको अनुमान सहित बिउमा शतप्रतिशत अनुदानको कार्यक्रम ल्याइएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ अधिकृत एवं प्रमुख भोजराज सापकोटाले जानकारी दिए ।
कञ्चन सिचाई आयोजना अन्तर्गत गतको रुपन्देहीको सालझण्डी, चारपाला सिँचाई आयोजनाको बुटवल उप-महानगरपालिकासहितका गाविस, सोह्र छत्तिस सिँचाई आयोजनाको बुटवल उपनपा, तिलोत्तमा नगरपालिका, गोनाहा सिचाई आयोजनाको बसन्तपुर, झिमझिमे सिँचाई आयोजनाको सालझण्डी, गजेडी सिँचाई आयोजनाको अन्तर्गत गजेडी क्षेत्रको ६ हजार ६ सय भन्दा बढी हेक्टर क्षेत्रमा चैते धानको सम्भावना रहेको कृषि कार्यालयले जनाएको छ ।
बिउमा शत प्रतिशत अनुदानको कार्यक्रम आए सँगै ती क्षेत्रबाट ४० भन्दा बढी कृर्षकले १७ हेक्टर भन्दा बढी क्षेत्रफलमा चैते धान लगाउन निवेदन दिएका छन् ।
चैते धानको फागुनको २० गते भित्र बिउ राखी चैतको मध्य सम्म रोपी सक्नु पर्छ । करिब १ सय २० दिनमा तयार हुने यो धानको उत्पादन बर्खे धानको भन्दा बढी हुने कृषि बिकास कार्यालय रुपन्देहीका प्रमुख सापकोटाले जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment