– उपेन्द्र केसी
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनामा चालक दलका तीन सदस्यसहित २३ जनाको ज्यान गयो । बुधबार भएको हवाई दुर्घटना नेपालको लागि नयाँ होइन । वर्षेनी नेपाली आकाशमा कयौं हवाई दुर्घटना हुँदै आएका छन् । नेपालको आकाशमा विमान दुर्घटना मानवीय कारणले हुने गरेको विज्ञहरुको तर्क छ । प्राविधिक र मौसमी कारण भन्दा चालकका कारण विमान दुर्घटना बढी भएको यसअघि विमान दुर्घटनापछि बनेका आयोगको प्रतिवेदनहरुमा उल्लेख गरेको पाइन्छ । नेपालमा अहिलेसम्म भएको दुर्घटनामा पहिलो मानवीय कारण देखिएको छ । यसअघि बैशाख १२ मा विनाशकारी भूकम्प गएको केही दिनमै उद्दारमा दोलखा गएको अमेरिकी सेनाको मरिनको युएच १ वाई हुवे हेलिकोप्टर दुर्घटना भयो । अमेरिकी हेलिकोप्टर दुर्घटना भएको खबर सेलाउन नपाउँदै सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन हेलिकोप्टर्स ९ एनएजेपी नामक हेलिकोप्टर दुर्घटना भयो । सो दुर्घटनामा परी क्याप्टेन सुवेक श्रेष्ठसहित चार जनाले ज्यान गुमाए । छोटो समयमै एकपछि अर्को नेपाली आकाशमा हवाई दुर्घटनाको शृङ्खला बढ्दै गएका छन् । एकपछि अर्को हवाई दुर्घटना हुँदै जाँदा पनि त्यसको सत्यतथ्य पत्ता लगाउने र आउने दिनमा हवाई दुर्घटना नियन्त्रण गर्न सम्बन्धित निकाय भने जिम्मेवार देखिएको पाइँदैन ।
हवाई दुर्घटनामा भौगोलिक बनावट र मौसमी गडबढी प्रमुख कारण देखाए पनि थोत्रा र प्राविधिकरुपमा अयोग्य जहाजलाई उडान भर्ने अनुमति दिएका कारण नेपालमा हवाई दुर्घटना दिनानुदिन बढ्दै गएको कुरामा कुनै द्विविधा छैन । हरेक पल्ट हवाई दुर्घटना भएलगत्तै सरकारले आयोग गठन गर्दै आएको छ । हरेक समय गठन भएका आयोगले प्रतिवेदन पनि सरकारलाई बुझाएकै छन् । तर, आयोगले दिएको सुझाव कार्यान्वयन भएको भने व्यवहारमा देखिएको छैन । आयोग गठन केवल दुर्घटनालाई साम्य पार्नलाई मात्र हुँदै आएको देखिन्छ । सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायले गम्भीरता नदेखाएकै कारण हवाई दुर्घटना बढ्दै गएको छ । आयोगले दिएका सुझाव मन्त्रालयले कार्यान्वयन नगरेका कारण नेपाली आकाश दिनप्रतिदिन असुरक्षित बन्दै गएको छ । हरेक हवाई दुर्घटना जाँच आयोग गठन हुँदा एकाध सुझाव दिने र त्यसलाई त्यतिकै थन्काएर राख्ने परम्परा बस्दै आएका कारण हवाई दुर्घटना न्यूनीकरण हुन नसकेको हवाई क्षेत्रका जानकारहरुको भनाई छ ।
एकपछि अर्काे हवाई दुर्घटना बढ्दै जाँदा समेत सम्बन्धित निकाय गम्भीर बनेको देखिदैन । अहिलेसम्म भएका दुर्घटनाका कारण एटीसी सञ्चालनको गल्तीले दुर्घटना भएको देखाईंदै आएको छ । धेरैजसो विमान दुर्घटनाको प्रतिवेदनमा पाइलटमाथि दोष थुपारेको पाइएको छ । यसको अर्थ हुन्छ, पाइलटतिर औंला सोझ्याएर खास कारण खोज्ने झन्झट नगर्ने तथा आफ्नो गल्ती लुकाउनुमै सम्बन्धित निकायले काम गर्दै आएको छ । जसले गर्दा दुर्घटना दोहोरिएको जानकारहरु बताउँछन् । जब कि थोत्रा जहाज र बढी वजन दुर्घटनाका मुख्य कारण हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार २० वर्ष भन्दा पुराना जहाज चलाउन पाईंदैन । तर, यहाँ भने एउटा कम्पनीले पुरानो भएपछि अर्काे कम्पनीलाई भाडामा दिने वा बिक्री गर्ने प्रचलन रहीआएको छ । यसरी बिक्री भएका ५० वर्ष पुराना जहाज पनि सञ्चालनमा ल्याइएको छ । जसले गर्दा पनि नेपाली आकाश असुरक्षित बन्दै गएको हो । प्राधिकरणका अधिकारीहरुले जहाज दुर्घटनामा भौगोलिक बनावट र मौसमी गडबढी प्रमुख कारण देखाए पनि थोत्रा र प्राविधिकरुपमा अयोग्य जहाज उडान भर्ने अनुमति दिएका कारण पनि दुर्घटना बढ्दै गएको हो ।
निजी कम्पनीका जहाज मालिकहरुले सुरक्षालाई भन्दा कमाईलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आएको र त्यसलाई प्राधिकरणका कर्मचारीहरुले पनि सघाउँदै आएका कारण हवाई सेवा असुरक्षित बन्दै आएको हो । प्राविधिकरुपले असुरक्षित जहाज कर्मचारीहरुको सहयोगमा अहिले पनि आकाशमा उडाउँदै आउने गरेको छ । त्यति मात्रै होइन् तिनै कर्मचारीहरुको मिलोमतोमा आवश्यकता भन्दा बढी तौल बोकेर जहाजहरुले उडान भर्दै आएका छन् । त्यो पनि असुरक्षाको अर्काे कारण हो ।
नेपालको हवाई उडानका लागि जिम्मेवार सरकारी निकाय नागरिक उड्ययन प्राधिकरण हो । मुलुकको हवाई उडान सम्बन्धित सबै कार्य प्राधिकरणले हेर्ने गर्दछ । प्राधिकरणले हवाई उडान जस्तो अत्यन्तै संवेदनशील क्षेत्रलाई हल्का रुपमा लिँदै आएको र त्यस अनुसारको सम्वेदनशीलता नदेखाएकै कारण मुलुकको हवाई क्षेत्र असुरक्षित बन्दै गएको जानकारहरु बताउँछन् । प्राधिकरण भित्र रहेको सुरक्षा विभागले कुनै पनि जहाज उडान भर्नुभन्दा अघि चेकजाँच गरेर सो जहाज उडान भर्नका लागि योग्य छ वा छैन भनेर विभागले स्वीकृती दिएपछि मात्रै जहाजले उडान भर्न पाउँछ । विभागले चेकजाँचको क्रममा सो जहाज उडान भर्नका लागि योग्य नभएको रिपोर्ट दियो भने सो जहाजले उडान भर्न पाउँदैन् । हवाई सुरक्षा विभागका उच्च अधिकारीहरुले जहाज उडान भर्नु अघि चेकजाँच गर्ने क्रममा लापरर्वाही र हेलचक्राई गर्दै आएका कारण प्राविधिक रुपले उडान भर्नका लागि योग्य नभएका जहाजहरुले पनि उडान भर्दै आउने गरेका छन् । प्राधिकरणका उच्च अधिकारीहरु जहाज कम्पनीका मालिकहरुसँग आर्थिक प्रलोभनमा परी उडानका लागि अयोग्य जहाजलाई पनि उडान भर्ने अनुमति दिँदै आएका कारण हवाई यात्रा दिनानुदिन असुक्षित बन्दै जान थालेको हो । सुरक्षा विभागले चेकजाँचकै क्रममा लापरर्वाही र गैरजिम्मेवारीका कारण हवाई यात्रा असुरक्षित बन्दै गएको देखिएको छ । करिब तीन वर्ष अघि सुरक्षा विभागले अग्नि एयरको जहाज दुर्घटना भएको एक सातापछि जहाजहरुको अचानक चेकजाँच गरेको थियो । त्यति बेला स्वदेशी वायुसेवा कम्पनीका जहाज चेकजाँच गर्दा जहाजमा दशवटा खराबी देखापरेको थियो । सुरक्षा विभागले अचानक गरेको त्यतिबेला चेकजाँचको क्रममा श्री एयरको एक, काष्ठमण्डप एयरका तीन, एयर डाईनाष्टिकको एक र माउन्टेन एयरको एक जहाजमा खराबी रहेको अर्थात् उडान भर्न अयोग्य भएको देखाएको थियो । त्यतिबेला गरेको चेकजाँचको क्रममा जहाजका पार्टपूर्जा, उडान सुरक्षा, उपकरण र जहाजको अवस्थाको बारेमा चेकजाँच गरिएको थियो । अहिलेसम्म भएका दुर्घटनाका कारण एटीसी सञ्चालनको गल्ती देखाउने गरिन्छ । धेरै जसो विमान दुर्घटनाको प्रतिवेदनमा पाइलटमाथि दोष थुपारिन्छ । तर यथार्थमा थोत्रा जहाज र बढी वजन दुर्घटनाका मुख्य कारण हुन् ।
छ दशक भन्दा लामो हवाई उडानको इतिहासमा नेपालको आकाशमा करिब ७० वटा हवाई जहाज दुर्घटना भएका छन् । जहाज दुर्घटना परेर मात्रै ज्यान गुमाउनेको संख्या ८ सय नागिसेको छ । छ दशक लामो हवाई इतिहासमा दुई दशकका बीचमा धेरै दुर्घटना भएका छन् । दुर्घटनामा परेर धेरै मानवीय क्षति भएका छन् । तथ्यांकअनुसार २०२६ सालयता २४ वटा जहाज दुर्घटना परेका छन् । सरकारले सन् १९९० को दशकमा उदार आकाशको नीति लिएपछि नेपाली आकाशमा नीजि क्षेत्रका जहाजले उडान भर्न थालेका हुन् । त्योसँगै नेपाल वायुसेवा निगमको एकाधिकारको अन्त्य भएको हो । यसबीचमा जहाजहरु थपिँदै गए । तर, त्यस अनुसारको सुरक्षा, पार्किङ, सुविधा, हवाई सेवा अनुगमन गर्ने निकायले प्रभावकारी ढंगले काम गर्न नसकेकै कारण हवाई क्षेत्र असुरक्षित बन्दै गएको हो । निजी कम्पनीका जहाज मालिकहरुले सुरक्षालाई भन्दा कमाईलाई पहिलो प्राथमिकतामा राख्दै काम गर्दै आएको र त्यसलाई प्राधिकरणका कर्मचारीहरुले पनि सघाउँदै आएका कारण हवाई सेवा असुरक्षित बन्दै आएको हो । प्राविधिकरुपले असुरक्षित जहाज कर्मचारीहरुको सहयोगमा अहिले पनि आकाशमा उडाउँदै आउने गरेको छ । त्यति मात्रै होइन् तिनै कर्मचारीहरुको मिलोमतोमा आवश्यकता भन्दा बढी तौल बोकेर जहाजहरुले उडान भर्दै आएका छन् । त्यो पनि असुरक्षाको अर्काे कारण हो ।
मुलुकको सबै क्षेत्रलाई स्थलगत यातायातले जोड्न नसकेको अवस्थामा एक मात्र यात्राको विकल्प हवाई सेवा हो । त्यति मात्रै होइन, भूपरिवेष्टित देश भएकाले पनि छिटो र छरितो यात्राको एक मात्रै साधन हवाई सेवा नै हो । तर, नेपालमा एकपछि अर्को गर्दै हवाई दुर्घटना हुन थालेपछि आमनागरिक यो यात्रामा समेत असुरक्षा महसुस हुन थालेको छ । त्यसैले यसलाई सुरक्षित र भरपर्दो यातायातको साधन बनाउनका लागि सरकार र नेपाल नागरिक उड्ययन प्राधिकरण गम्भीर हुन जरुरी छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment