Thursday, February 25, 2016

अरुको एटीएम कार्ड प्रयोग गरी चोर्ने गार्ड पक्राउ

१३ फागुन, काठमाडौं । नबिल बैङकको एटीएम शाखामा सेक्युरिटी गार्ड गर्ने एक महिला अरुको एटीएम कार्ड प्रयोग पैसा चोरी गर्ने क्रममा पक्राउ परेकी छन् ।

काठमाडौं महानगरपालिका-१० बानेश्वर चोकमा रहेको नबिल बैङकको एटीएम शाखामा सेक्युरिटी गार्ड गर्ने नुवाकोट चतुराले-४ घर भई म्हेपि बस्ने २३ बर्षीया सुनमाया तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले अरुको एटीएम कार्ड प्रयोग गरी पटक-पटक गरेर ५४ हजार रुपैयाँ निकाली चोरी गरेको सुचना प्राप्त भएपछि महानगरीय प्रहरी बृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लुटपाट गर्ने पक्राउ

यस्तै लुटपाट गर्ने न्युरोड घर भएका ३६ बर्षीय उज्जवल तुलाधर र धोविचौर घर भएका २८ बषर्ीय मुखिया गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

बा.३० प १३२१ नम्वरको मोटरसाइकलमा आएका उनीहरुले बुधबार राति काठमाडौं महानगरपालिका-१७ ढल्कु चोकमा कालीमाटी बस्ने रामेछाप तिनुखरी-७ घर भएका ३९ बर्षीय राजु प्रकाश श्रेष्ठको सुनको औठी खोसी आफुहरुसँग भएको धातुको औठी दिई कुटपिट गरेर भागेका थिए ।

ढल्कुपुलमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्ना साथ भागेका उनीहरुलाई प्रहरीले लुटपाट गरेको औठी सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment