३ फागुन, काठमाडौं । निर्माण क्षेत्रका मजदुरमध्ये इलेक्ट्रिसियन र पेन्टरको सबैभन्दा बढी ज्याला बढेको छ । केन्द्रीय तथ्यांक विभागले हरेक बर्ष गर्ने अध्ययनअनुसार आर्थिक वर्ष ०७१/७२मा इलेक्ट्रिसियनको १५.३ र पेन्टरको १४.१ प्रतिशत ज्याला बढेको कारोबार दैनिकमा समाचार छ ।
अघिल्लो वर्ष पनि दुबैको क्रमशः १२.२९ र ११.५ प्रतिशत बढेको थियो । समग्रमा निर्माण क्षेत्रका मजदुरको ज्याला भने ८.४ प्रतिशतले बढेको छ । त्यसअघि ८.३ प्रतिशत थियो ।
पछिल्ला ५ वर्षमा निर्माण क्षेत्रको ज्यालादर औसत ७०.८६ प्रतिशतले वृद्धि भएको छ ।
विभागले हरेक वर्ष निर्माण क्षेत्रमा कार्यरत बिभिन्न ८ क्षेत्रको ज्याला/तलबलाई आधार मानी तथ्यांक निकाल्ने गर्दछ । निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई इन्जिनियर, सबइन्जिनियर, सुपरभाइजर, मेसन, कार्पेन्टर, लेबर, इलेक्ट्रिसियन र पेन्टरमा बिभाजन गरेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment