१३ फागुन, काठमाडौं । घर, जग्गा, फर्निचर वा अन्य कुनै बस्तु लिलामीको कुरा त तपाईंले सुन्नु भएकै छ तर कुनै देशको राष्ट्रपतिको लिलामीको कुरा थाहा पाउनु भएको छ ?
यो पढ्दा वा सुन्दा तपाईंलाई अचम्म लाग्यो होला । अचम्म पनि नलागोस् किन इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसीको लिलामीका लागि आखिर मूल्य जो तोकिएको छ । सीसीको मूल्य हो एक लाख डलर !
केही दिनअघि राष्ट्रपति सीसीले ‘देशका लागि आवश्यक परेमा म आफूलाई पनि बेच्न सक्छु’ भनेर सार्बजनिक अभिव्यक्ति दिएका थिए ।
उनको यो अभिव्यक्तिलगत्तै लिलामी सम्बन्धी वेबसाइट ‘इबे’मा इजिप्टका राष्ट्रपतिलाई खरिद गर्नका लागि एक लाख डलर मूल्य तोकेको हो । तर, यो सत्य नभइ मजाकका लागि मात्रै लिलामीको लागि मूल्य राखिएको ‘इबे’ले जनाएको छ ।
लिलामी सम्बन्धी विज्ञापन प्रकाशित भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताले सीसीका लागि १० पाउन्ड दिने भन्दै मजाक उडाएका छन् ।
आर्थिक संकटबाट गुजि्ररहेको इजिप्टको आर्थिक विकास सम्बन्धी २०३० सम्मको कार्ययोजना सार्बजनिक गर्दै राष्ट्रपति सीसीले चन्दा संकलन गरी सरकारलाई सहयोग गर्न देशबासीलाई अपिल गरेका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment