नयाँ दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओलीको ६ दिने राजकीय भ्रमणका क्रममा चार दिन उनी राष्ट्रपति प्रणव मुखर्जीको अतिथिका रुपमा राष्ट्रपति भवनमा रहे।
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेका अभिव्यक्तिहरु हेर्दा उनले यसलाई आफ्नो भ्रमणको ‘विशेष उपलब्धि’का रुपमा लिएको देखिन्छ।
हुन पनि भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुक र उनकी रानीपछि पहिलो पटक प्रम ओली राष्ट्रपति भवनको अतिथि बनेका हुन्।
गत वर्ष भारतको गणतन्त्र दिवसमा सहभागी हुन आएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफू बस्न दिल्लीको एउटा टप होटल मौर्य सेराटन रोजेका थिए।
२० औँ शताब्दीको सुरुमा बेलायती आर्किटेक्ट एडविन लुटएन्सले बनाएको भारतीय राष्ट्रपतिको ३४० कोठे आवासमा बस्न नचाहनेहरुको लिस्ट ठूलै छ। सन् २००० मा बिल क्लिन्टन र २००६ मा जर्ज डब्लु बुस पनि मौर्य सेराटन मै बसेका थिए।
ओबामाभन्दा अघिल्लो वर्ष गणतन्त्र दिवसको प्रमुख अतिथि बनेका जापानी प्रधानमन्त्री शिन्जो आबे भने ताज प्यालेस होटलमा बसेका थिए। राष्ट्रपति भवनमा नअटाएका प्रधानमन्त्री ओलीको प्रतिनिधि मण्डलका बाँकी सदस्य यसै होटलमा बसेका थिए।
सन् १९९८ मा फ्रेन्च राष्ट्रपति ज्याक सिराक पनि होटलमै बसेका थिए।
खासमा दुई दशकसम्म विदेशी पाहुनाहरुका लागि बनाइएको राष्ट्रपति भवनको भिभिआइपी कोठाहरुमा ताला लागेको थियो। प्रणव मुखर्जी राष्ट्रपति भएपछि उनकै विशेष पहलमा यो गेस्ट विङलाई पुनर्निमार्ण थालियो।
राष्ट्रपति भवनमा रहेका भण्डारबाट सामानहरु कार्पेट, पेन्टिङ र पुराना राष्ट्रपतिलाई दिइएका उपहारहरु निकालियो, धुलो पुछियो र सजाइयो।
अतिथि भवनलाई भारतको इतिहास झल्काउने गरी सजाउनुको एउटा कारण थियो- विदेशी अतिथिहरु बाहिर होइन राष्ट्रपति भवनमै रहून्।
१९ वर्षपछि खुलेको राष्ट्रपति भवनको यही गेस्ट रुममा पहिलो पाहुना भुटानी राजा भएका थिए। त्यसअघि यहाँ बस्ने विदेशी पाहुना सन् १९८६ मा सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभ भएको राष्ट्रपति सचिवालयमा रेकर्ड छ।
त्यसयता भारत भ्रमणमा आएका कुनै पनि नेपाली प्रधानमन्त्री यहाँ बसेको रेकर्ड सचिवालयमा छैन।
कस्तो छ राष्ट्रपति भवनको गेस्ट रुम?
भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र धर्मपत्नी राधिका शाक्य, उहाँका सुरक्षाकर्मी र उहासँगै आएका उप्रधानमन्त्री र मन्त्रीहरु यहाँ बसेका थिए।
राष्ट्रपति भवनको गेस्ट विङमा भिभिआइपी र भिआइपी सुइटहरु छन् जसमा प्रधानमन्त्री र मन्त्रीहरु बसेका थिए। त्यसैगरी यहाँ डिलक्स रुम र एडिसीहरु बस्ने कोठा र स्टायन्डर्ड रुम पनि छन्।
यहाँका १४ वटा कोठाको नाम नदी र हिमालबाट राखिएको छ- ब्रह्मपुत्र र काभेरी। त्यस्तै विन्ध्या र शिवालिक।
रानी वा महिला राष्ट्रपति र प्रधानमन्त्री आए भने उनीहरुलाई नालन्दा नामको कोठामा राखिन्छ भने पुरुष आए भने द्वारकामा। यी कोठाहरुको नाम पनि राष्ट्रपति मुखर्जी आफैले छानेका हुन्।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment