१३ फागुन, पोखरा । बुधबार म्याग्दीको दाना गाविसस्थित केकरबुट्टामा तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव बिहीबार पोखरा ल्याइएको छ ।
१८ जनाको शव पोखरा ल्याइएको छ । एयर डाइनेस्टीको हेलिकप्टरमार्फत मृतक यात्रुको शव बिहीबार दिउँसो पोखरा ल्याइएको हो ।
पहिचान खुलेका पाँच जनाको शव मुस्ताङ पुर्याइएको छ ।
बुधबार बिहानै भएको दुर्घटनामा दुई विदेशी र दुई शिशुसहित २३ जना सवार तारा एयरको विमान दुर्घटना भएको थियो ।
दुर्घटना बिहानै भएपनि दिउँसो १ बजेमात्रै घटनास्थलको पहिचान भएको थियो । तर, विकट भौगोलिक परिवेश र खराव मौसमका कारण उद्धारकार्यमा ढिलाई भएको थियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment