काठमाडौं । चकलेट निर्माता कम्पनी मार्सले नेपालसहित ५५ देशबाट आफ्नो उत्पादन धमाधम फिर्ता लिइरहेको छ ।
जर्मनीमा एक व्यक्तिले मार्सको उत्पादन स्निकरमा प्लास्टिकको टुक्रा फेला पारेका थिए । यो घटना जनवरीको हो ।
अनुसन्धानपछि त्यो प्लास्टिक नेदरल्याण्ड्समा रहेको फ्याक्ट्रीबाट आएको पाइएको थियो । कम्पनीको प्रवक्ताका अनुसार मार्सले त्यही फ्याक्ट्रीबाट उत्पादन भएका चकलेटहरु मात्र फिर्ता लिएको छ ।
चकलेट फिर्ता लिएका ५५ मुलुकमध्ये अधिकांश युरोपेली छन् । यस्तै नेपाल, बंगलादेश, धभभारत, माल्दिभ्सबाट पनि चकलेट फिर्ता हुनेछ ।
यस अमेरिकी कम्पनीले फिर्ता लिएको चकलेटको मूल्य र परिमाण भने खुलाएको छैन ।
मार्सले भनेको छ की उसले आˆना ग्रहाकमा परेको असरलाई मध्यनजर गर्दै उत्पादन फिर्ता लिने निर्णय गरेको हो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment