Thursday, February 25, 2016

प्रचण्डले ‘देशद्रोही’ भनेपछि बाबुरामको यस्तो जवाफ

पोखरा, १२ फागुन । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूलाई ‘देशद्रोही’ भनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपप्रति कुनै टिकाटिप्पणी गर्न नचाहने बताएका छन् ।

पोखरास्थित रेडियो अन्नपूर्णका लागि दिपेन्द्र श्रेष्ठसँग बुधबार कुराकानी गर्दै भट्टराईले यस्तो बताएका हुन् । लामो समयसम्म सहकार्य गरेका प्रचण्डले पार्टीबाट भागेको तथा देशद्रोही भने नि ? भन्ने प्रश्नमा भट्टराईले भने, ‘होइन, म कसैप्रति टिकाटिप्पणी गर्न चाहन्न । मेरो भनाई त के हो भने फल लागेको रुखमा फलको लागि मानिसले झटारो हान्छन् । रुखले झटारो फर्कांउँदैन । रुखले त फल दिन्छ । कसैप्रति पनि हाम्रो दुराग्रह छैन । उहाँहरुलाई हामी फल बाँढ्छौं, फल दिन्छौं ।’

साथै भट्टराईले आफूहरुले नयाँ युगतिर जान आव्हान गरेको भन्दै अरुले विभिन्न कोणबाट झटारो हानिरहेको बताए । आफूहरु आरोप-प्रत्यारोपको राजनीतिको पक्षमा नरहेको उनको भनाई थियो ।

साथै भट्टराईले वैज्ञानिकका कुरा त मानिसले विश्वास गर्न वर्षौं लाग्ने प्रसङ्ग उल्लेख गर्दै आफूहरुले गरेको आह्वानलाई पनि जनताले बुझ्न समय लाग्ने बताए ।

यसो भने भट्टराईले अन्तर्वार्तामा:

लामो समयसम्म सहकार्य गरेका प्रचण्डले पार्टी छाडेर भागेको भने, देशद्रोहीसमेत भने नि ?

होइन, म कसैप्रति टिकाटिप्पणी गर्न चाहन्न । मेरो भनाई त के हो भने फल लागेको रुखमा फलको लागि मानिसले झटारो हान्छन् । रुखले झटारो फर्काउँदैन । रुखले त फल दिन्छ । हामीले नयाँ शक्ति नयाँ सोचको कुरा गरिरहेका छौं । यसप्रति मानिसहरु आकर्षित र जिज्ञासु भइराख्नुभएको छ । यो के हो ? को हो भनेर उहाँहरुले विभिन्न कोणबाट झटारो हानी राख्नु भएको छ । उहाँहरुलाई हामी फल बाँढ्छौं, फल दिन्छौं । कसैप्रति पनि हाम्रो दुराग्रह छैन । सबै मिलौं र नयाँ युगको लागि नयाँ ढंगले जाउँ भन्ने हाम्रो आग्रह हो ।

भनेपछि ईंटको जवाफ पत्थरले दिने पक्षमा डा. साब हुनुहुन्न ?

होइन, हामी त्यस्तो राजनीति गदैनौं । हामी सबैलाई नयाँ युगतिर जान आव्हान गदैछौं । लैजान प्रयास गर्दैछौं । जब वैज्ञानिकले नयाँ कुराको आविस्कार गर्दछ, सुरुमा त्यसलाई सबैले ग्रहण गर्दैनन् । त्यसलाई लामो समय लाग्छ, त्यसलाई ग्रहण गर्न केही समय लाग्छ, आइस्टाइनले गुरुत्वाकर्षणमा तरंग हुन्छ १९१६ मा भनेका थिए अहिले २०१६ मा आएर पुष्टि भयो । त्यसकारण वैज्ञानिकले कुनै पनि कुरा पहिला भन्छ, सबैलाई त्यो कुरा बुझ्न समय लाग्न सक्छ, त्यसको लागि धैर्य गर्न सक्नुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment