Saturday, April 9, 2016

नया बर्ष संगै गायक सिताराम पोखरेलको नया म्युजिक भिडियो साथमा संचारकर्मी सुर्य चन्द

काठमाडौँ : बरिष्ट गायक सिताराम पोखरेलको नया म्युजिक भिडियो चाडै बजारमा आउदै छ l

उनको सम्मान -२ एल्बम बाट “आखा भरि रंगिन सपना सल्बलायो के गरु तिम्रो रुपले यो मन खलबलायो के गरु” भन्ने गित बाट उनको म्युजिक भिडियो चाडै बजारमा आउन लागेको हो l उक्त गीतका गीतकार दिपक कौडन्य छन् भने संगीत किरण कंडेलको रहेको छन् l गायक सिताराम पोखरेल, संचारकर्मी सुर्य चन्द र मोडेल सुप्रिया कटवालको अभिनय रहेको उक्त म्युजिक भिडियो मल्लाकालीन प्रेम कथामा आधारित छ l

12966280_10207928940213837_1372800697_nमल्लकालीन राज खानदानको कहानी लाइ समेटेर बनाइएको म्युजिक भिडिओमा गायक सिताराम पोखरेल भारदारअर्थात् महारानी को बडीगार्ड को रुपमा उक्त भिडियो मा प्रस्तुत भएका छन् र यसै क्रममा भारदार सिताराम पोखरेल र महारानी (सुप्रिया कटवाल) को माया प्रेम बस्छ l संचारकर्मी सुर्य चन्दको मंगेतर बनेकी महारानी अन्त्यमा आफ्नो मंगेतर लाइ छोडेर भारदार संग गएको र माया प्रेममा सानो ठुलो, जात भात केहि हेरिदैन भन्ने कहानी लाइ उत्कृष्ट रुपले म्युजिक भिडियो निर्देशक समन अधिकारि ले प्रस्तुत गरेका छन् l12966739_10207928940413842_1927999089_n

शोभा भगवती, गोदावरी र ललितपुरको नै एउटा कोलोनी मा सुटिङ गरिएको उक्त म्युजिक भिडियो चाडै नै बजारमा आउदै छ l12965993_10207928673527170_1560477707_n

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यस्तो छ सन्नीको एकरातको कथा

मुम्बई । सन्नी लियोनी अभिनित चलचित्र ‘वान नाईट स्ट्न्ड’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सन्नी लियोनी र तनुज विरवाणीको मुख्य भूमिका रहेको छ ।

फिल्ममा एक रातको सेक्स टपिकलाई देखाइएको छ । एकरातको घटनाले कसरी जिन्दगी बदलिन्छ । यही कुरा पेश गर्न खोजिएको छ । फिल्ममा सन्नीले महिलाको मर्जीको कुरा गर्दै पुरुष सत्ताको बिरुद्ध आवाज उठाएकी छिन् ।

अन्य फिल्ममा जस्तै यसमा पनि सन्नीको बोल्ड ब्यक्तित्वलाई प्रस्तुत गरिएको छ । जस्मीन मोजेज डीसूजाको निर्देशन रहेको यो फिल्म २९ अप्रिलमा रिलिज हुने भएको छ ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओलीले गराउलान् त तीनवटै चुनाव ?

भारत र चीनको भ्रमणपछि बलिया बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीनवटा चुनाव आफ्नै नेतृत्वको सरकारले गराउने घोषणा गरेका छन् । उनको भनाइ अनुसार स्थानीय चुनाव, प्रादेशिक चुनाव र आम निर्वाचन यही सरकारको कार्यकालमा सम्पन्न हुनेछन् ।

त्यसो त पछिल्ला केही दिनमा राजनीतिक वृत्तभित्र वर्तमान सरकारको दिनगन्ती सुरु नभएको होइन । कांग्रेसको सभापति र संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएपछि उनले ओलीलाई ढिलो-चाँडो प्रतिस्थापन गर्ने आशंका र अनुमान व्याप्त छ ।

यस्तो माहोलमा प्रधानमन्त्रीले गरेको घोषणालाई तपाईंले कसरी लिनुभएको छ ? कृपया आफ्नो मत व्यक्त गर्नुहोस् ।

१. प्रधानमन्त्रीको घोषणा महत्वाकांक्षी छ, तीन वटा चुनाव हुँदासम्म ओली सरकार ढलिसक्छ ।
 
२. राजनीतिक स्थिरताका लागि यही सरकारले निरन्तरता पाउनुपर्छ र तीनवटा निर्वाचन यसैले सम्पन्न गर्नुपर्छ ।
 
३. अहिल्यै यसै होला भनेर ठोकुवा गर्न सकिन्न । ढाँटको निम्तो खाएरमात्रै पत्याउन सकिएला ।   


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एसएलसी परीक्षा दिएका विद्यार्थीलाई टेलिकमको विशेष अफर

काठमाडौं, २८ चैत । प्रवेशिका परीक्षा (एसएलसी) दिएका विद्यार्थीहरुलाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष योजना ल्याएको छ ।

आइतबारदेखि लागु भएको योजनाअन्तर्गत विद्यार्थीले टेलिकमको ९० रुपैयाँमा जीएसएम प्रिपेड सिम कार्ड किन्न पाउनेछन् । जसमा प्रतिमहिना ५० एमबी डाटा ६ महिनासम्म निःशुल्क प्रयोग गर्न पाउने जनाइएको छ ।

यसका लागि एसएलसी परीक्षाको प्रवेश पत्र (एडमिट कार्ड), विद्यार्थी वा अभिभावकको नागरिकता र विद्यार्थीको फोटो अनिवार्य उपलव्ध गराउनुपर्ने टेलिकमले आफ्नो सूचनामार्फत भनेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चलचित्र टेम्पो चालकमा नायिका बास्तविक टेम्पो चालक

काठमाडौ। समसमायिक महिला टेम्पो चालकको कथा–व्यथा तथा यथार्थतालाई चोटिलो प्रस्तुति दिइएको चलचित्र टेम्पो चालकको विहीवार काठमाडौको बाइपास स्थित अष्टनारायण चलचित्र हलमा आयोजित च्यारिटी प्रदर्शन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको आयोजनामा भएको थियो।

चलचित्र प्रदर्शन अगाडि आयोजित कार्यक्रममा आयोजक नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले चलचित्र टेम्पो चालकका कलाकारहरुलाई विशेष सम्मान गरिएको थियो। काठमाडौको रत्नपार्क–छाउनी रुटमा सफा टेम्पो चलाउंदै आएकी कोपिला तामाङ्गको बास्तविक अभिनय रहेको चलचित्र टेम्पो चालकमा टेम्पो चालकसंग अन्तरजातिय प्रेम विवाह गर्ने एक युवकको कथा रहेको छ। नेवार परिवारको त्यो युवक अष्ट्रेलियामाको पीआर समेत हुन्। जसको सोच समानता नै मानवता हो। त्यो सोच अनुरुप आफूले सक्दो समाज सेवा गर्न तल्लिन बनेको कथावस्तु रहेको छ।

सोही क्रममा सफा टेम्पोमा आतेजाते गर्ने क्रममा टेम्पो चालकको सरल व्यवहारवाट आकर्षित बन्ने क्रममा प्रेम हुने कथावस्तुको तानाबुना बुनिएको छ। नेपाली, नेवारी तथा तामाङ्ग भाषालाई जस्ताको तस्तै चलचित्रमा प्रयोग गरिएको छ। तीन भाषामा निर्माण भएको पहिलो चलचित्रको रुपमा पनि चलचित्र टेम्पो चालकलाई लिइएको छ। तामाङ्ग टेम्पो चालक युवती र नेवार युवकको कथा भएकोले चलचित्र टेम्पो चालकमा तामाङ्ग संस्कृति र नेवार संस्कृतिलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ। तामाङ्ग तथा नेवार संस्कृतिको फ्युजन चलचित्रको रुपमा पनि टेम्पो चालक देखिएको छ।

जसमा भाषिक न्याय तथा स्वतन्त्रता देखिएको छ। भाषा नजान्नेलाई पनि अंग्रेजीमा सबटाइटलिङ्ग गरेकोले सवैलाई बुझ्न सहज रहेको छ। अन्तरराष्ट्रिय नेपाली चलचित्रको रुपमा प्रस्तुत गरिएको चलचित्र टेम्पो चालकको लेखन तथा निर्देशन ख्यातिप्राप्त हाँस्य–कलाकार काँ–बेमान रवि डंगोलले गरेका छन्। निर्माण गंगावहादुर नेम्कुलको रहेको छ। अष्ट्रेलियामा लामो समय बसेर नेपाल फर्केका नेम्कुलको सोच र चाहना बमोजिम चलचित्र निर्माण भएको चलचित्र विकास वोर्डका सदस्य उत्तम केसीले बताएका छन्।

चलचित्र टेम्पो चालकका नायक समेत रहेका निर्माता नेम्कुलले मानवताको लागि सम्मानता नभइकन मानवता नहुने भएकोले सम्मानतामा आफूले चलचित्रमा जोड दिएको बताएका छन्। टेम्पो चालक बनेकी नायिका कोपिला तामाङ्ग आफू बास्तविक रुपमा नै टेम्पो चालक भएकोले यस चलचित्रको केही कथावस्तुमा आफ्नो जीवनमा मिलेको स्वीकार्छिन्।नायिका तामाङ्ग समयले साथदिएमा अन्य चलचित्रमा अभिनय गर्ने रहर पलाएको भिजन संसारसंगको कुराकानीमा भन्छिन्।

आफू कलाकार नभइकन टेम्पो चालक मात्र भएकोले प्रारम्भमा चलचित्रमा अभिनय गर्ने अफर आउंदा अलमलमा परेतापनि निर्देशक रवि डंगोलले अभिनय प्रशिक्षण दिएपछि आफूलाई सहज भएको नायिका तामाङ्गले भनेकी छन्। नायक नेम्कुल र नायिका तामाङ्गको अलावा अन्नपूर्णेश्वरी शिल्पकार, श्याम सुन्दर शिल्पकार, पल्पसा डंगोल, जेनिशा तामाङ्ग, रंजिता लामा, शान्ति वाइवा, रत्नकाजी महर्जन, गणेशराम लाछी, रुमन जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गुणस्तरहिन आल्मुनियमको आयात रोक्न ब्यवसायीको माग

२८ चैत, काठमाडौं । आल्मुनियम ब्यवसायी संघ नेपाल (अल्फान) को राष्ट्रिय भेला काठमाडौंमा भएको छ । भेलामा देशभरका ब्यवसायीले आल्मुनियम ब्यवसायको क्षेत्रमा देखिएका समस्याबारे छलफल गरेका छन् ।

कार्यक्रममा सहभागीले आल्मुनियमको गुणस्तर, अस्वस्थ प्रतिस्पर्धा र दररेट निर्धारणमा समस्या रहेको बताए । भेलाले बजारमा गुणस्तरीय आल्मुनियमका सामाग्री नपाइने समस्या रहेको र त्यसलाई मापदण्ड बनाएर सम्बोधन गर्नुपर्ने निर्णय गरेको छ ।

आल्मुनियमको मोटाइ विश्वभर न्युनतम १ दशमलव २ मिलीमिटर हुनुपर्ने भएपनि नेपालमा शुन्य दशमलव ८ मिलीमिटरको प्रयोग भइरहेको कार्यक्रममा बताइयो । उपभोक्तामा आल्मुनियमको गुणस्तरीयताबारे जानकारी नहुँदा समस्या भएको ब्यवसायीको भनाइ छ  ।

उपभोक्तालाई झुक्याएर गुणस्तरहिन आल्मुनियम प्रयोग गराउनेमा बिचौलीयाको हात रहेको वक्ताहरुले बताए । नेपाल भूकम्पीय जोखिमयुक्त मुलुक भएकाले सुरक्षाका लागि आल्मुनियमको मोटाइको मापदण्ड तय गर्न भेलाले सरकारसँग माग गरेको छ ।

‘गुणस्तरीय आल्मुनियम सामाग्री उपलब्ध नहुँदा गुणस्तरमा प्रश्न उब्जेको छ,’ अल्फानका अध्यक्ष तेज राईले भने, यसले आल्मुनियम ब्यबसायीको विश्वासनीयतामा पनि प्रश्न उब्जाउने भएकाले तोकिएको गुणस्तरका आल्मुनियम मात्र आयात गर्ने प्रबन्ध मिलाउन सरकारसँग माग गर्छाैं ।’

उनले बैशाख १२ र त्यसपछिको भूकम्पबाट आल्मुनियम प्रयोग भएका घरमा कम क्षति भएको बताए । अध्यक्ष राईले भेलामा उठेको समस्या समाधान गर्न आवश्यक पहल गर्ने पनि बताए ।

भेलामा शहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी ब्यबसायीहरु देश विकासको मेरुदण्ड भएको उल्लेख गर्दै अन्यायमा परे सहयोग गर्न तयार रहेको बताइन् ।

भेलामा अल्फानको भित्तेपात्रो लोकार्पण गरिएको थियो । भेलामा नेपाल निर्माण ब्यबसायी महासंघ, ग्रील तथा स्टिल ब्यबसायी महासंघ लगायतका संघ संस्थाका प्रतिनिधिहले बोलेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मेरी श्रीमती: उनले पसल हेर्थिन्, मैले सन्तोष पन्तको घर ढुक्थें

‘यी फलानाकी छोरी, टीभीमा आउने माग्नेबूढोलाई दिनेचाहिँ यिनै हुन्,’ कसैले चिनायो । अनि, ती छिमेकीआमाले सोधिन्, ‘ए, किन त ती माग्नेबूढोलाई दिएको ? अलि तन्नेरी भेटिएनन् र ?’

एउटा अभिनेताका लागि अभिनेता हुनुको सबैभन्दा ठूलो गर्व, गरिमा वा प्रमाण, पुरस्कार, प्रतिमा जे भने पनि यही हो- उसले निभाएको चरित्रलाई नै दर्शकले वास्तविक ठान्छन् ।

केदार घिमिरे उर्फ माग्नेबूढा विवाहपछि कलाकारितामा लागे । यो सहरमा उनले घर रंगाउनेदेखि मिटर टेम्पु चलाउने काम गरे । श्रीमती पाल्ने हेउ र हैसियत बनेजस्तो ठानेपछि बिहे गरे ।

उनकी श्रीमती सीता माइत गएकी थिइन्, तीन-चार वर्षअघिको कुरा हो । धेरै समयपछि एउटी छिमेकीआमा भेटिइछन् । त्यहीँको प्रसंग हो, माथिको संवाद ।  ‘मेरी श्रीमती’ स्तम्भका लागि कुराकानी गर्न उनले आफ्नै घरमा बोलाए । दुई हप्ताअघि इमाडोलको उनको घरमा पुग्दा उनी एक्लै थिए ।

‘उनी अभिनय सिक्न गएकी छिन्, केटाकेटी पढ्न गएका छन्, म एक्लै पो छु त ?’ घरको छतमा बस्नका लागि कुर्सी मिलाउँदै उनले भने, ‘अचेल भिडियो किनेर युट्युबमा राख्ने काम पनि गरेको छु, घरमै बसेर, गुगलबाट पैसा लिन्छु ।’

हामीले कुरा सुरु गर्‍यौँ । जहाज अवतरणको आवाजले १५-१५ मिनेटजस्तो डिस्टर्ब गर्‍यो र उनी बोल्दाबोल्दै रोकिँदै भन्थे, ‘कमर्सियल ब्रेक ।’

एक घन्टाजति कुराकानी भइसकेको थियो, यसो हेरेको रेकर्डरको ब्याट्री सिद्धिएर अफ भए छ, भो अब ! तर, उनले ढाडस दिँदै भने, ‘म रेडियोमा काम गरेर कलाकारितामा आएको हुँ, मलाई थाहा छ यस्ता समस्या । चिन्ता नगर्नुस्, फेरि कुरा गरौँ, म यहीँ छु ।’

फेरि कुरा सुरु गर्‍यौँ । यो सहरमा बिहे गर्ने हैसियत बनाउने संघर्षदेखि बिहेसम्म, बिहेपछि श्रीमतीको साथ र दर्शकको पि्रय ‘माग्नेबूढो’ बन्दासम्मको कथा उनले सुनाए:

उनलाई त हेरेँ, तर दोधारमा परेँ

नातेदार भाइको बिहे थियो । त्यही बिहेमा एकजना आफन्तदाइले केटी हेर्न बोलाउनुभयो । केटी पनि हेर्ने, बिहे पनि खाने गरी गएँ । उता, उनलाई पनि तिमीलाई हेर्ने केटो आउँदै छ भनिएको रैछ । त्यहीँ देखादेख भयो ।

बिहेका लागि पहिलोपटक केटी हेरेर मन पर्‍यो वा परेन भनी निर्णय लिनु गम्भीर कुरा रैछ । मैले निर्णय लिन सकिनँ र भागेँ ।

०००

ललितपुरको भट्टेडाँडा मेरो मावलीगाउँ हो, त्यहाँ मैले ६ देखि ९ सम्म पढेको हुँ, तर उनलाई देखेको थिइनँ । भट्टेडाँडाबाट जन्ती जानुपर्ने थियो, गोटीखेल । त्यहाँबाट फर्केपछि केटी मन परे/नपरेको बताउनुपथ्र्यो ।

मलाई सकस पर्‍यो, कताकता डर पनि लाग्यो । अब अर्काकी छोरीलाई किन मन परेन भन्ने ? म आफूलाई हेरी उनी राम्रै थिइन्, फेरि रुप मुख्य थिएन, मेरै पो के रुप छ र ? तर, उनी मलाई मन पर्‍यो भन्ने पनि आधार थिएन, एकपटक देखेको मात्रै थिएँ । निर्णय लिन सकिनँ र गोटीखेलबाट भट्टेडाँडा नगई भागेर काठमाडौं आएँ ।

दाइले पछि फेरि सोध्नुभयो, ‘के हो कुरा, केटी मन पर्‍यो कि परेन ?’

मैले भनेँ, ‘खोइ, मलाई त किन-किन निर्णय लिनै कठिन भो । धेरै दोधारमा छु ।’

दाइले भन्नुभयो, ‘परिवारकी जेठी छोरी हुन्, दुःखसुख बुझेकी छिन्, एसएलसी पास हुन् । गाउँकी हुन्, दुःखजिलो गर्न पनि सक्छिन्, विचार गर ।’

मेरी आमा रोगी भएर खस्नुभएको । उहाँलाई फोक्सोको क्यान्सर भएकाले अपरेसन गरिएको थियो । अपरेसन गरेको उहाँको पेटको ठूलो दाग देखेर हुर्किएकाले पनि मेरो दिमागमा परेको थियो-  सबै स्वस्थ हुनुपर्छ, अझ आमा हुने नारी त कुनै हालतमा पनि स्वस्थ हुनुपर्छ ।

झट्ट हेर्दा उनी हट्टाकट्टा थिइन्, ठूलो जिउकी, स्वस्थ देखिन्थिन् । गाउँकी, मेलापात गरेकी, यत्तिकी केटीले दुःखसुख गर्छिन् भन्ने सोचेँ र हुन्छ भनेँ । ०५६ फागुनमा हाम्रो बिहे भयो ।

उनलाई आफ्नै टेम्पुमा ल्याएँ

मेरो जिन्दगीमा बज्रहरू धेरै छन् । म जन्मनुअघि पनि हाम्रो घर जलेको रहेछ, ०२० सालतिर । ०५० सालमा म एसएलसी दिएर घरमै बसेको थिएँ, चैतमा घर आगलागी भयो, परिवारका सदस्यको हरको कपडाबाहेक सबै जल्यो ।

दाइले घरमा रंग लगाउने काम गर्नुहुन्थ्यो, दुई-चार दिन उहाँसँग रंग लगाउने काम गरेँ । त्यसपछि साइकलमा मसला बेचेँ

०३९ सालमा मेरी आमा खस्नुभयो, जतिबेला म सात वर्षको थिएँ । यस्ता चोटैचोट हाम्रो परिवारलाई पर्‍यो । जसले मलाई सानातिना दुःख-पीडा सहजै सहन सिकायो ।

०००

एसएलसीपछि काठमाडौं आएर दाइसँग बसेँ । दाइले घरमा रंग लगाउने काम गर्नुहुन्थ्यो, दुई-चार दिन उहाँसँग रंग लगाउने काम गरेँ । त्यसपछि साइकलमा मसला बेचेँ । खासै फाइदा नभएपछि ललितपुरको एउटा घरमा साना बालबालिकालाई ट्युसन पढाउने कोसिस गरेँ । तर, अंग्रेजी कमजोर भएकाले सकिनँ । अलकत्रा बनाउने चिनियाँ प्रोजेक्टमा पनि काम गरेँ, दुई-तीन महिना ।

magnebuda

कुनै कामले काठमाडौंमा टिकिएलाजस्तो लागेन । त्यसपछि काइँयो, पर्स लगायत सामान फुटपाथमा राखेर बेच्न थालेँ । यसले भने केही फाइदा दियो । राम्रै भइरहेको थियो, तर सरकारले फुटपाथका पसल उठाउने भयो । त्यसपछि फुटपाथको पसल बेचेर मिटर टेम्पु किनेँ, ७० हजारमा आउँथ्यो ।

ड्राइभर राखेको थिएँ- खालि टेम्पु बिग्रियो, फलाना ठाउँमा छाडेको छु मात्रै भन्ने । त्यसपछि आफैँ टेम्पु चलाउन सिकेर चलाएँ । राम्रो हुँदै गयो, तीनवटा टेम्पु किनेँ । मेरो दाइले पनि एउटा चलाउनुहुन्थ्यो ।

राम्रै कमाई भइरहेको थियो । फेरि सरकारले मिटर टेम्पु पनि हटाउने भन्यो । टेम्पु बेचेर रेडियो, टेपरेकर्ड, वाकमेन लगायतको पसल खोलेँ, कलंकीमा ।

यी सबै संघर्ष बिहेअघिका हुन्, बिहे हुँदा मसँग टेम्पु थिए । उनलाई लिन आफ्नै दुई टेम्पु र भाडाको एउटा माइक्रो भ्यान लिएर गएँ । बिहेमा मेरो दाइलगायत २० जनाजति आफन्त थियौँ । बिहे अति नै साधारण ढंगले भयो, वज्रबाराही मन्दिर ललितपुरमा ।

बिहेपछि मकवानपुरको घर गयौँ, बुवाले गाउँलेलाई भोज खुवाउनुभयो ।

पारिवारिक पृष्ठभूमि

उनी साधारण किसान परिवारकी हुन् । ललितपुरको भट्टेडाँडा गाउँमा मेलापात, दाउराघाँस गरेर हुर्केकी । मेरो पुख्र्यौली थलो ललितपुरको प्युटार हो । मेरो बुवा भारतमा सामान्य जागिर गर्नुहुन्थ्यो, केही पैसा कमाएर मकवानपुर ठिंगनको सिमातमा बसाइँ सर्नुभयो, म त्यहीँ जन्मेँ । पछि नजिकै हात्तीसुढेँमा सर्‍यौँ । हामी तीन भाइ मात्रै हौँ, म माहिलो ।

घरकै उब्जनीले खान पुग्थ्यो । घरनजिकैको प्राथमिक स्कुलमा पढेँ । शिक्षक बाहिरको हुनुहुन्थ्यो, हाम्रो घरमा डेरा गरी बस्नुहुन्थ्यो । उहाँले हामीलाई सित्तैमा पढाउने, हामीले उहाँलाई सित्तैमा ढिँडो खुवाउँथ्यौँ । बहुदल ल्याउने आन्दोलन हुन थालेपछि मैले पढेको स्कुलका शिक्षकले राजीनामा दिएर हिँडे ।

६ कक्षादेखि दाइ र मैले ललितपुर भट्टेडाँडा महाकाली माविमा पढौं, छात्रवासमा बसेर, सबै व्यवस्था बुवाले मिलाउनुभयो । पछि मैले एसएलसी भने मकवानपुरको वंशगोपाल माविबाट गरेँ, ०५० सालमा ।

एसएलसीपछि काठमाडौं आएँ । त्यतिबेलाकी एसएलसी बोर्डफस्र्ट गरिमा राणाले टिभीमा अन्तर्वार्ता दिइन्, ‘कानुन पढेर देशको सेवा गर्छु ।’ मलाई पनि कानुन पढ्ने भूत चढ्यो ।

त्यतिबेला आईएल गर्न पाइन्थ्यो । नेपाल ल क्याम्पसमा भर्ना बन्द भएकाले काठमाडौं बहुमुखी क्याम्पसमा भर्ना भएँ । काम गर्दै पढ्नुपथ्र्यो, कानुनका ठुल्ठूला ठेली । आईएल पहिलो र दोस्रो वर्षमा थुप्रै विषय लाग्यो । यता, काठमाडौंमा बाँच्ने संघर्षले गर्दा पनि पढाइ त्यस्तै भयो ।

उनी आएपछि मेरो बाटो खुल्यो

जति दुःख गर्ने हो, बिहेअघि नै गरेँ । बिहेपछि दुःख र अभाव त्यति भएन । रेडियो, टेप-रेकर्डको मेरो पसल होलसेलजस्तै थियो । धादिङ, गोर्खालगायत जिल्लामा सामान जान्थ्यो ।

मोटरसाइकल किनेको थिएँ । धेरथोर बैंक ब्यालेन्स पनि थियो । र, थिइन् उनी । उनी आएपछि मेरो जीवन धेरै नै व्यवस्थित भयो । उनलाई सामान बेच्न, ग्राहकसँग डिल गर्न सिकाएँ । उनले पसल हेर्न थालिन्, मलाई कलाकारितामा लाग्ने बाटो खुल्यो ।

०००

पसलमा मैले रेडियो सुन्थेँ । ०५८ सालको कुरा हो, रेडियो एचबीसीमा काम गर्ने सुमित्रा खड्कासँग मेरो चिनजान भयो । उहाँको घरनजिकै मेरो पसल थियो, मैले उहाँलाई दिदी भन्छु । उहाँले रेडियोमा कवितावाचन पनि गर्नुहुन्थ्यो ।

सातमा पढ्दा कविता प्रतियोगितामा प्रथम र क्याम्पस पढ्दा निबन्धमा तेस्रो भएको थिएँ । मैले कविता लेखेर उहाँलाई दिन थालेँ । उहाँले मेरा कविता वाचन गर्नुहुन्थ्यो, मैले रेडियोको आवाज ठूलो पारेर सुन्थेँ, परपरका मान्छेलाई मेरो कविता भनेर सुनाउँथेँ ।

कहिलेकाहीँ सुमित्रादिदीलाई मोटरसाइकलमा पुर्‍याउन जान्थेँ, रेडियो एचबीसी बौद्ध आरुबारीमा थियो । पसलमा बस्दा मह जोडीको हास्यव्यंग्य क्यासेट सुन्थेँ । सुमित्रादिदीकै सहयोगमा रेडियो एचबीसीमा हास्यव्यंग्य कार्यक्रम चलाउने अवसर पाएँ । हास्यकलाकारका अन्तर्वार्ता लिन थालेँ । यही क्रममा दमन रुपाखेतीदाइसँग भेट भयो । उहाँको नेपाल आर्टस्मा नौ महिना अभिनय सिकेँ ।

सन्तोष पन्तको घर ढुक्थें

हिजोआजमा सानो रोलमा खेल्न पनि सानो भाग्यले नहुने देखेँ । फेरि पनि धाउन छाडिनँ ।  कैयौँ दिन धाएपछि एउटा डाइलगमा मात्रै बोल्ने दृश्य पाएँ । फेरि कति दिन भूमिका पाउन छाडेँ, तर धाउन छाडिनँ

पसल उनले हेर्थिन्, कुनै चिन्ता थिएन । मलाई मःमः खाने र मोटरसाइकलमा तेल हाल्ने पैसा उनैले दिन्थिन् । म निष्फिक्री रेडियो र टीभीमा धाउन थालेँ ।

रेडियोका लागि अन्तर्वार्ता लिने सिलसिलामै सन्तोष पन्तदाइसँग चिनजान भयो, उहाँको हिजोआजका कुरा खुब चर्चित थियो । त्यसमा खेल्नका लागि धाउन थालेँ । उता अभिनय पनि सिकिरहेको थिएँ ।

एक दिन सन्तोषदाइले सोमबार आउन भन्नुभयो, जाँदा मान्छेको भीड थियो । लौ मलाई बोलाएकै दिन के भएछ भनी सोच्दैथेँ, एकजनाले भने- केही भएको होइन, हिजोआजका कुरा खेल्न आउनेहरू हुन् ।

हिजोआजमा सानो रोलमा खेल्न पनि सानो भाग्यले नहुने देखेँ । फेरि पनि धाउन छाडिनँ ।  कैयौँ दिन धाएपछि एउटा डाइलगमा मात्रै बोल्ने दृश्य पाएँ । फेरि कति दिन भूमिका पाउन छाडेँ, तर धाउन छाडिनँ । सन्तोषदाइको घरमा पर बसेर सुटिङ हेर्थें, सन्तोषदाइले मलाई चिन्दिए हुन्थ्यो भन्ने मात्रै लाग्थ्यो ।

एक दिन बाहिर म त्यत्तिकै सुटिङ हेर्न बसेको थिएँ, सन्तोषदाइले घरभित्र चिया खान बोलाउनुभयो । अहो, सन्तोष पन्तदाइकहाँ चिया खाइयो भन्ने भयो ।

म कुनै कोणबाट कलाकार हुनेजस्तो देखिन्नथेँ । पाको भइदिए पनि कुनै रोल दिन मिल्थ्यो होला । दुब्लो-पातलो, न रुप त जिउको । फेरि पनि धाउन छाडेको छैन ।

एक दिन लोडसेडिङका बेला क्यामेराको ब्याट्री सिद्धियो । सन्तोषदाइ तनावमा आउनुभयो । म कहिल्यै अघि सरेर बोल्दिनथेँ । त्यो दिन बोल्ने हिम्मत गरेँ, ‘दाइ, मैले ब्याट्री चार्ज गरेर ल्याउँछु ।’

उहाँको छोरा साकार र मैले लोडसेडिङ नभएको ठाउँतिर मोटरसाइकलमा गएर ब्याट्री चार्ज गरेर ल्यायौँ । त्यसपछि सन्तोषदाइको नजरमा म पनि परेँ । ढाकाटोपी, नक्कली जुंगा लगाएर उहाँले मलाई अलि पाको रोल पनि दिन थाल्नुभयो, केही भागमा खेलेँ । यो ०५९ सालतिरको कुरा हो ।

त्यसपछि जितु नेपालदाइसँग गीताञ्जलीमा जोडिएँ, झन्डै एक वर्ष लेख्ने-खेल्ने काम गरेँ । तीतोसत्य, जिरे खुर्सानीमा पनि खेलेँ । यहीबीचमा सीतारामजी (धुर्मुस)सँग भेट भयो ।

दमनदाइ, सीतारामजी, म भएर ‘मेरी बास्सै’ बनाउने भयौँ, ०६२ सालतिर । मेरी बास्सै सफल भयो, देश-विदेश जान पाएँ । अहिलेसम्म २५ वटाजति देश गएको छु ।

श्रीमतीभन्दा बढी अभिभावक

भर्खर बिहे गर्दा श्रीमती अँगालोभरिकी तरुनीझैँ लाग्थ्यो । बुझ्दै र भोग्दै जाँदा दुई जिन्दगी आधा-आधा बन्न पुग्दो रैछ, सिंगो हुन् दुवै चाहिने । घर, एकअर्काको भर, छोराछोरीले श्रीमान र श्रीमतीलाई आधा-आधा बनाउँदा रैछन् ।

हाम्रा दुई सन्तान छन् । छोरो ०५८ सालमा जन्मियो, छोरी ०६३ मा । छोराछोरी हुर्काउनु, उनीहरूका आवश्यकता ख्याल गर्नु, सानो जिम्मेवारी होइन ।

घर चलाउनु, पानी-बिजुलीको बिल तिर्नु, हेर्दा काम साना लाग्छन्, तर तनाव धेरै हुन्छन् । सबै काम उनैले गरिन्, गर्छिन् ।
सबैभन्दा ठूलो गुण वा गुन, उनी म र छोराछोरीकी अभिभावक हुन्, उनले अभिभावकत्व राम्रोसँग निभाएकी छिन् र म सहज ढंगले कलाकारितामा लाग्न पाएँ, बिहे नै नभएको केटोझैँ ।

मेरी बास्सै राम्रो हुँदै गयो, म व्यस्त हुन थालेँ । देशका विभिन्न जिल्ला र विदेशमा रहेका नेपालीमाझ हास्यव्यंग्य प्रस्तुतिका अफर आउन थाले ।

अलिअलि कमाइ हुन थालेपछि पसल छाड्यौँ । इमाडोलमा एकतले घर किनेर सर्‍यौँ, ०६५ सालमा । पछि दुई तला थप्यौँ । म सुटिङ, कार्यक्रममै व्यस्त हुन्थेँ । घर बनाउने काममा पनि उनी खटिन् । उनले बाइक चलाउँछिन् । घर बनाउन आवश्यक सामान जुटाउन उनी नै दौडधुप गरिन् ।

आफूले खाएको भाँडा आफैँ माझ्ने नियम

मलाई उनले गर्ने एउटा कडा खालको माया छ, खाना खान पर्खिरहिन्छन्, मैले नपर्ख ढिला हुन सक्छ भन्दा पनि पर्खन्छिन्, यसो नगरे हुने । कहिलेकाहीँ मलाई र्फकन ढिला हुन्छ, यसले उनको पनि स्वास्थ्य बिग्रन सक्छ ।

उनी पुरानो सोचकी छिन्, स्वास्नीमान्छेले घर सम्हाल्नुपर्छ भन्ने सोच राख्छिन् । सुरुदेखि नै खाना उनले नै पकाइन् । म पनि कम संघर्ष गरेर आएको होइन, घरमा काम गर्नु मेरा लागि नौलो होइन । तर, सुरुदेखि नै उनले मलाई घरको काम गर्न दिइनन् ।

जति सम्बन्ध पुरानो भयो, उति एकअर्काको महत्त्व बुझिँदो रैछ । पछिल्लो समय मैले उनलाई केयर गर्न थालेको छु । घरका परिवारमा अहिले आफूले खाएको भाँडा आफैँ माझ्ने नियम छ । फुर्सद भएका बेला लुगा धुन पनि सघाउँछु । कपडामा साबुन लगाउने उनले गर्छिन्, मैले पखालेर सुकाउने गर्छु । कहिलेकाहीँ मैले कपडा पखालेको उनले भएन भन्छिन् ।

उनी रिसाएर हिँड्दा… 

आनन्द के छ भने, हामीले एकअर्कालाई पराकाष्ठामै विश्वास गर्छौं । म दायाँबायाँ गर्दिनँ, गर्ने रुप पनि छैन (हाँसो) । उनलाई त त्यस्तो सोच्नै सक्दिनँ । अनि, कसरी झगडा परोस् ? दम्पतीबीच झगडा पर्ने बीचमा कोही आएर त हो ।

तर, सामान्य खटपटजस्तो भने हुन्छ । म आफू विकसित मुलुकमा घुमेर आएपछि बच्चाहरूलाई अलि स्वतन्त्र छोड्नुपर्छ, बच्चाले आ-आफ्नो गुण, स्वभावअनुसार सिक्छन् भन्ने धारणा राख्न थालेको छु, उनले अलि बढी कस्छिन् । पढ्न, टाइममा काम गर्न, अलि बढी कडाइ गर्छिन् । मैले बच्चालाई त्यसो नगर भन्छु, यसमा ठाकठुकजस्तो पर्छ ।

झगडा परेर उनलाई हातै उठाएको छैन । रिसाएर दुई-चार घन्टाजस्तो नबोलेको भन्ने छ । एकपटक त्यस्तै के कुरामा हाम्रो ठाकठुक पर्‍यो । उनी रिसाएर ‘म रामदाइकहाँ जान्छु’ भनेर तयार हुन लागिन् । रामदाइ उनको माइतीदाइ, मेरो मावलीतिरबाट नाता पर्ने दाइ ।

मैले रमाइलो गरेँ, बच्चाहरूलाई भनेँ, ‘तिमीहरू पनि तयार होऊ, अब रामदाइकहाँ जाने ।’ बच्चाहरू तयार भएर निस्के ।

उनी तल गएर बाइक स्टार्ट गर्दै थिइन्, म र छोराछोरी पनि पुग्यौँ । उनले कहाँ हिँडेको भनेर सोधिन् । मैले भनें, ‘रामदाइकहाँ जाने भनेको होइन ? गएपछि सबै जाने भनेर आको ।’

त्यसपछि उनी बाइक छाडेर हिँडेर गइन्, मैले बाइकमा केटाकेटीलाई राखेर उनलाई भेटाएँ र भनेँ, ‘बाइकमा बस, सँगै जाउँ ।’ अनि, उनी घर फर्किन्, हामी पनि फक्र्यौं ।

आधा जिन्दगी म बाहिर भएँ, उनी घरमै सीमित भइन् । उनको परिचय बदल्न उनलाई घरबाहिर लाउन चाहेको छु । मान्छेले सोध्दा पनि कति ‘हाउस वाइफ’ मात्रै भन्ने ?

यस अर्थमा म भाग्यमानी छु, हाम्रो झगडा हुँदैन । उनी मेरो जीवनमा आएर जस्तो साथ दिइन्, त्यो मेरा लागि काफी छ, त्यसमा म सन्तुष्ट छु ।

कति हाउस-वाइफ भन्ने ?

अहिले उनी गृहिणी नै हुन् । आधा जिन्दगी म बाहिर भएँ, उनी घरमै सीमित भइन् ।

अहिले केटाकेटी हुर्के, घर-परिवार बनेको छ । अब उनी पनि बाहिर आऊन्, व्यक्तित्व विकास गरुन् भन्ने सोचेर अभिनय र संगीत सिक्न पठाएको छु । मान्छेले सोध्दा पनि कति ‘हाउस वाइफ’ मात्रै भन्ने ? कलाकारितामा आइन् भने परिचय बदलिन्छ । उनले कला निधिमा संगीत सिक्न थालेको दुई वर्ष भइसक्यो ।

व्यावसायिक गायनमा आउनुभन्दा पनि व्यक्तित्व विकासका लागि हो, उनले संगीत सिकेको । तीजमा, बाथरुम-किचनमा गाएको सुन्दा उनको स्वर मलाई ठीकै लाग्यो । गायक-गायिकासँग सल्लाह गरेँ, सिक्ने हो भने राम्रै हुन्छ भन्नुभो ।

अभिनयमा पनि रुचि देखाएकी थिइन् । मेरीबास्सैको ५-६ भागमा खेलेकी पनि छन् । तर, छोराछोरी हेर्नुपर्ने भएकाले निरन्तर लाग्न पाइनन् ।

उनी पनि चारजनाको बीचमा बोल्न सक्ने हुन चाहन्छिन् । अहिले टोलका विभिन्न समितिमा छिन्, मिटिङमा गइरहन्छिन् ।

बिहेपछि उनलाई ‘कलेज पढ्न जाऊ’ भनेको थिएँ । तर, पसलमा मलाई सघाउन थालिन्, त्यस्तै भयो । पछिपछि छोराछोरी भए, म कलाकारितामा आएँ, उनी उम्कनै पाइनन् । अझै पनि उनलाई पढाउने मन छ ।

अभिनय गर्दा वास्तविक सम्झेर सँगै रोयौँ

अहिलेसम्म कुनै दुःखले हामी सँगै रोएको मलाई याद छैन । एक त मेरो सानोतिनो पीडामा आँसु नै आउँदैन । अर्को, सबैको भगवान र आशीर्वादले हामीलाई सँगै खुसी हुन पुगेको छ ।

एकपटक भने मेरी बास्सैको सुटिङमा हामी सँगै रोयौँ । मुइयाँ मेरी कान्छी श्रीमती र उनी जेठी श्रीमतीको रोलमा थिइन् । मैले कान्छी श्रीमती लिएर घर छाड्ने र जेठीले मेरा बूढा यस्ता छन्, यसरी हेरचाह गर्नु भनेर कान्छीलाई सम्झाउनुपर्ने ठट्टाको तर उदास दृश्य थियो, रुन भने मिल्दैनथ्यो ।

उनले मुइयाँलाई यस्तै भन्छिन्, ‘मेरा बूढाको पेट दुख्छ, खानामा ध्यान पुर्‍याउनू । बेलामा खाना खुवाउनू… ।’ यस्तो भन्दाभन्दै उनले साँच्चिकै मेरै अवस्था भन्न पुग्छिन् र रुन्छिन् । यही नै हो, उनको मप्रतिको साँचो माया, अभिनय गर्दा पनि वास्तविकतामा आइन् । मलाई पनि त्यस्तै महसुस भयो र रोएँ ।

मेरो खुट्टाको पानी खान्छिन्

उनी अति नै धार्मिक प्रवृत्तिकी छिन् । हरेक बिहानजसो घरमा पूजा गर्छिन् । प्रायः व्रत बस्छिन् । संस्कार त्यस्तै सिकेर आएकी, सुरुदेखि नै बिहान उठेर मेरो खुट्टा ढोग्ने गर्छिन् ।

उनको अर्को मप्रतिको अचाक्ली सम्मान छ, कहिलेकाहीँ व्रत लिएका बेला मेरो खुट्टाको पानी खानुपर्छ । मैले नगर भन्छु, मान्दै मान्दिनन् । ‘सानैदेखि यही देखेर हुर्केकी हुँ, उहिलेदेखि गरिआएको रीति हो, किन छाड्ने ?’ भन्छिन् ।

प्रस्तुतिः  ध्रुवसत्य परियार


यो समग्री नेपाल१२३.com मा पुरै पढौं