किकृत नेकपा माओबादीका स्थायी समिती सदस्य एवं पुर्व शान्ति मन्त्री जनार्दन शर्माले अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्नेमा जोड दिएका छन् । अहिलेकै सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएर राष्ट्रिय सहमतिको स्वरुप दिने बिषयमा आफ्नो पार्टीले पहल गरिरहेको बताए । उनले आलोपालो प्रणालीबाट भएपनि सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका हुन् ।
संबिधान कार्यान्वयनका लागी अहिले सबै शक्ति मिल्नुको बिकल्प नभएको बताउँदै नेता शर्माले कसले के गर्ने भन्ने बिषयमा मुख्य तिन दलले कार्ययोजना बनाउनुपर्ने र त्यही योजना अनुसार सरकारको नेतृत्व आलोपालो गरेर भएपनि नयाँ संबिधानलाई कार्यान्वन गर्नु पर्ने धारणा राखे ।
वाइसियल रुकुमको सम्मेलनलाई सम्बोधन गर्न रुकुम पुगेका नेता शर्माले क्रान्तिकारी पत्रकार संघ रुकुमले गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन् । नेता शर्माले संबिधान कार्यान्वयनमा, भुकम्प पछिको पुर्ननिर्माण लगाएतका बिषयमा कांग्रेस, एमाले, एकिकृत माओबादी मिल्नुपर्ने बताए ।
सरकारका बिषयमा एमाओबादी नेता गोपाल किराँतीले सार्वजनिक रुपमा बोलेका बिषयमा सोधिएको एक प्रश्नमा नेता शर्माले सरकारले सोचे अनुसारको काम गर्न नसकेको साँचो भएको बताउँदै अहिले सरकार परिवर्तन होइन यहि सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने बताए । गोपाल किराँतीको भनाई निजि भनाई भएको शर्माले बताए ।
मधेसको समस्या वार्ताबाटै समाधान गर्नुपर्छ उनले भने ‘अहिले आन्दोलन गर्ने बेला होइन संबिधान कार्यान्वयन गर्ने बेला हो ।’ संबिधानमा नसमेटिएका र छुटेका बिषयलाई वार्तावाटै हल गर्नुपर्नेमा उनको जोड छ । एक अर्काे प्रसंगमा नेता शर्माले द्धन्दकालका सबै मुद्धा सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै टुंगो लाग्ने बताए । नेता शर्माले गाँउपालिका, नगरपालिकालाई ठोस गरेर मात्र स्थानिय निकायको निबार्चन गर्नुपर्ने बताए । एमालेले भनेजस्तै कार्तिकमै पनि निबार्चन गर्न सकिने तर गाँउपालिका सुनिश्चित हुनुपर्ने उनको तर्क छ ।
पुरानै संरचना अनुसार स्थानिय निकाय नहुने उनको दावी छ । रुकुमको विकासका लागी सरकारसँग आफुले निरन्तर समुन्वय गरिरहेको जानकारी दिए । रुकुमको चौरजहारी, अर्मा, पुर्तिमकाँडा, पेउघाको टोट्केमा देखिएको खानेपानी समस्यालाई समाधानका लागी आफु लागीपरेको बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment