बर्ष २०७२ को आगमन संगै बैशाख बाह्रमा आएको भुकम्पमा परी थुप्रैले आफन्तलाइ गुमाए । अहीले भुकम्प आएको पनि एक बर्ष बितिसकेको छ तथापि भुकम्पको पराकम्पन आउने क्रम भने अझै पनि जारी नै रहेको छ । थुपै्र मन देखी भौतिक सम्पत्ती सम्मलाइ तहस नहस गर्ने गरी आएको भुकम्पको नेपाली फिल्म क्षेत्रमा कस्तो प्रभाब रह्यो र कलाकर्मीको भुकम्प पछिको सक्रीयताको बारेमा हामी चर्चा गर्न लागि रहेका छौ ।
गत बर्षको बैशाख बाह्रको भुकम्पको कारण त्यस ताका प्रदर्शनको तयारीमा रहेका थुप्रै फिल्महरुको प्रदर्शनमा नराम्रो प्रभाब पर्यो । सबैभन्दा ठुलो घाटा बैशाख ११मा रीलिज भएको फिल्म रेशम फिलिलिले बेहोर्नु पर्यो । गितको कारण चर्चामा रहेको फिल्मले शुक्रबारको बिजनेशबाट राम्रो आम्दानी गरेको पनि थियो ।तर शनिबार पछि फिल्म चल्ने बाताबरण नै रहेन । पछि फिल्मलाइ भदौ ११मा रीलिज गरीए पनि दर्शकको आकर्शण बैशाख बाह्रमा जत्तीको देखीयन ।
बैशाख देखी शूरु भएको त्रासको बाताबरणको कारण भदौ नलागि कन फिल्मका निर्माताहरुले फिल्म प्रदर्शनको लागि आट गर्न पनि सकेनन ।धेरै फिल्महरुका शुटिङहरु पनि प्रभाबित भए ।भुकम्प गए पछि आपसि सहयोगको भाबना चाही निकै बडेको देखीयो ।कला कर्मीले पनि यही भाबना बोकेर थुप्रै सामाजिक कार्यमा अग्रसरता देखाएको देखीयो ।
आ आफ्नो स्तर बाट जे गर्न सकिन्छ त्यही गर्न कलाकर्मीहरु कम्मर कसर लागि परेका थिए ।पिडितको सहयोगको लागि नेता र हास्य कलाकारको फुलबल म्याच देखी लियर थुप्रै देशमा कार्यक्रमहरुको आयोजना गर्दै पिडितको सहयोगको लागि आर्थिक सहयोग संकलन को प्रयास गरीए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं



No comments:
Post a Comment