Sunday, April 24, 2016

पुनर्निर्माणका लागि इयुले दियाे एघार अर्ब बढी सहयोग

१२ वैशाख, काठमाडौं। युरोपेली सङ्घ (इयु)ले भूकम्पपछिको पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाललाई ११ अर्ब ६८ करोड ५० लाख रूपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

इयुले सरकारलाई ११ अर्ब नौ करोड ५० लाख रूपैयाँ  ‘बजेटरी’ सहयोग तथा ५९ करोड रूपैयाँ प्राविधिक सहयोग गर्नेसम्बन्धी सम्झौतामा  हस्ताक्षर भयो ।

अर्थ मन्त्रालयमा अाइतबार भएको कार्यक्रममा नेपालका लागि इयुको प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङ र मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन गत वर्ष भएको अन्तर्राष्ट्रिय सम्मेलनमा इयुले उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

प्राविधिक सहायता अन्तर्गत उपलब्ध हुने रकम सार्वजनिक वित्त व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न उपयोग गरिनेछ । सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी काम आगामी सात वर्षसम्म सञ्चालन हुनेछ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment