Sunday, April 24, 2016

२२ घन्टापछि उद्दार गरिएका सोनिसलाई पढ्न सेनाको सहयोग

काठमाडौं, वैशाख १२ – नेपाली सेनाले भूकम्पबाट भत्किएको घरमा पुरिएर २२ घण्टापछि उद्दार गरिएका भक्तपुरका सोनिस अवाललाई पढाउने भएको छ ।

भूकम्प गएको वर्ष दिन पुगेको सन्दर्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले भक्तपुर मुलढोकाका डेढ वर्षका अवालको परिवारसँग भेट गरी उनलाई सैनिक विद्यालयमा पढाउने प्रतिवद्धता जनाउनु भएको हो । सेनाले उनलाई भक्तपुर सल्लाघारीमा रहेको सैनिक आवासिय महाविद्यालयमा कक्षा ६ देखि स्नातक तहसम्मको शैक्षिक छात्रावृत्ति उपलब्ध गराउने छ । ५ कक्षासम्म भने उनलाई उनको परिवारले पढाउन चाहेको स्कूलमा नै पढाउन सक्ने र त्यो अवधिमा सेनाले निश्चित रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च समेत उपलब्ध गराउने छ ।

पोहोर भूकम्पबाट भत्किएको घरमा पुरिँदा उनी ५ महिनाका थिए । भूकम्पको समयमा घरभित्रको भग्नावशेषभित्र लामो समयसम्म रहँदासमेत चमत्कारिक रुपमा जीवित रही नेपाली सेनाको अथक प्रयासबाट उद्दार गरिएका सोनिस अवाललाई शैक्षिक वृत्ति प्रदान गर्न पाउँदा गौरव लागेको नेपाली सेनाले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment