सन्तोष अधिकारी
गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीले बारपाकमा भूकम्प स्मृतीपार्क शिलान्याश गरेकी छन् । पुनर्निर्माण अभियानलाई औपचारिक रुपमा सुरुआत गर्नका लागि राष्ट्रपति भण्डारीले आइतबार १२ बजे भूकम्प स्मृतीपार्कको शिलान्याश गरेकी हुन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत भण्डारी बारपाक पुगेकी हुन् । उनले स्मृतीपार्क सँगै एक भूकम्प पिडितको घर समेत शिलान्याश गरेकी छन् । गत वर्ष वैशाख १२ गते बारपाक केन्द्र विन्दु बनाएर गएको विनाशकारी ‘गोरखा भूकम्प’मा परेर ज्यान गुमाउनेको सम्झनामा निर्माण गर्न लागिएको स्मृती पार्क र भूकम्पले ध्वस्त बनाएका घरहरुको पुनर्निर्माण अभियानको सुरुआत गर्नको लागि राष्ट्रपति भण्डारीले पीडितको घर पनि शिलान्याश गरेकी हुन् ।
तस्बिर: खुसी घले
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment