Sunday, April 24, 2016

मिटरबक्स नपाउँदा सेवाग्राही समस्यामा

नवलपरासी । नवलपरासीमा नेपाल विद्युत् प्राधिकरणबाट मिटरबक्स जडानका लागि निवेदन दिएका सेवाग्राहीले समयमै मिटरबक्स नपाउँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाका विभिन्न शाखामार्फत नेपाल विद्युत् प्राधिकरणमा नयाँ मिटरबक्स जडानका लागि निवेदन दिएकाले मिटरबक्स कहिले पाइन्छ भन्ने टुङ्गो नहुँदा सेवाग्राही समस्यामा परेका हुन् ।

सेवाग्राहीले नेपाल विद्युत् प्राधिकरणका विभिन्न शाखाबाट नयाँ मिटरबक्स जडानका लागि निवेदन दिए पनि समयमै मिटरबक्स नपाउँदा आफूहरू निकै मर्कामा परेका सेवाग्राहीको गुनासो छ । यो समस्या नवलपरासीको गैँडाकोटसहित अन्य क्षेत्र कावासोती, सुनवल र सदरमुकाम परासीमा छ ।

विद्युत् जडानका लागि मिटरबक्स नपाएका उपभोक्ता आफँै समस्यामा त छन् नै , मिटरबक्स समयमै वितरण नगर्दा सरकारले नै चलाएको विद्युत् चोरी नियन्त्रण अभियान पनि हास्यास्पद भएको छ । यसबारे नेपाल विद्युत् प्राधिकरणले भने क्रमशः उपलब्धताका आधारमा मिटरबक्स सेवाग्राहीलाई प्रदान गर्ने जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment