Sunday, April 24, 2016

‘काहीँ नभएको जात्रा सिन्धुपाल्चोक कांग्रेसमा’

काठमाडौं : नेपाली कांग्रेसको १३ औं महाधिवेशन पछि सवैजसो जिल्लामा  नयाँ नेतृत्व आईसकेपछि सिन्धुपाल्चोकमा भने अझै अधिवेशन हुन सकेको छैन । स्थान विवादका कारण स्थगित भएको अधिवेशन कहीले हुन हो अत्तोपत्तो छैन ।

तर, रमाइलो त के छ भने १२ औं महाधिवेशनबाट सभापति बनेका मोहन बस्नेत १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् । त्यस लगत्तै अघिल्लो कार्यसमितिका सचिव कृष्ण न्यौपाने कार्यवहका सभापति बनाइएका छन् । जुन पार्टी विपरित हो ।

‘काँही नभएको जात्रा सिन्धुपाल्चोकमा भएको छ,’ जिल्ला स्तरका एक नेताले भने, ‘विधान नाघेर पार्टीलाई यसरी बदनाम गराउने कार्य स्विकार्य हुन सक्दैन’

कांग्रेसमा माथिल्लो तहको पदमा उम्मेदवार बनेपछि तल्लो तहको पद स्वत खारेज हुने व्यवस्था छ । कार्यकाल सकिइसकेका र विधान अनुसार वैधानिकता गुमाइसकेका  १२ महाधिवेशनबाट निर्वाचित भएका सचिव न्यौपानेलाई  कार्यवहाक सभापति बनाइपछि  जिल्लामा यो विषय हासिमाजक बनेको छ ।

‘काँही नभएको जात्रा सिन्धुपाल्चोकमा भएको छ,’ जिल्ला स्तरका एक नेताले भने, ‘विधान नाघेर पार्टीलाई यसरी बदनाम गराउने कार्य स्विकार्य हुन सक्दैन’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment