Saturday, April 23, 2016

आगो निभाउने क्रममा घाइते भएका युवकको मृत्यु, घर गोठ, रेडियो स्टुडियो जले

१२ वैशाख, गुल्मी। गुल्मीमा सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा आगलागिमा परि घाईते भएका एक युवकको मृत्यु भएको छ । दुईसाता अघि धैरेनी सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर घाईते भएका मलायगिरि दुईका कमल खड्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

खड्कालाई जिल्ला अस्पताल गुल्मीमा उपचार पछी गुल्मेली संचारकर्मी र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा २६ हजार रुपैंयाँ संकलन गरी थप उपचारकालागि काठमाण्डौ पठाईएको थियो । घाईते भएका खड्काको उपचारको क्रममा सनिवार वेलुकी किर्तिपूर अस्पतालमा मृत्यु भएको छ ।

सात वर्ष अघि यसैगरि सामुदायीक वनमा लागेको आगो निभाउने क्रममा आगोको लप्काले जलेर गुल्मीको हस्तिचौर गाविसमा एकैदिन छ जनाको मृत्यु भएको थियो । त्यसैगरि सनिवार विहानदेखि गुल्मीको सिमिचौर स्थीत रैयामा लागेको आगो गए रातीदेखि नियन्त्रणमा आएको छ । स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायतको टोलीले राती अबेरपछि मात्र आगो निभाएको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment