काठमाडौं, ११ वैशाख । सरिता श्रेष्ठले बोली मधुरो थियो । उनी सकेसम्म मान्छेहरुका अगाडि आँशु नझरोस् भनेर आफूलाई सम्हालिरहेको देखिथ्यो । तर, जब उनको आँखाबाट पहिलो आँशुको थोपा गाला हुँदै झर्यो । उनी माइकको अगाडि सुक्क सुक्क गर्दै रोकिइन् । उनलाई गत वर्ष आएको विकाशकारी भू्कम्पका कारण उनीमाथि परेको बज्रपात व्यक्त गर्न कठिन भइरहेको थियो । उनको पीडा सुन्न उपस्थित भीड शान्ति थियो र उनको पीडाको कथा सुनेर दुःखी देखिन्थ्यो ।
विपत न्यूनिकरणका लागि नागरिक सचेतना अभियान, महालक्ष्मी नगरपालिकाको आर्थिक समुन्नती तथा स्थायित्व विषयक कार्यक्रमलाई डीसीएले भक्तपुर र ललिपुर जिल्लामा रहेको आफ्नो स्थानीय साझेदार संस्था फ्रेन्डर्स काउन्सिल नेपाल र महालक्ष्मी नगरपालिकासँग संयुक्त रुपमा गरेको कार्यक्रममा श्रेष्ठले नेपालमा आएको भूकम्पपछिको बज्रपातसँग मुकाविलाका बारेमा एक छलफलमा बताइरहेकी थिइन् ।
५५ वर्षीया श्रेष्ठ त्यतिबेला आफ्नो छोरा र छोरीसँग घरभित्रै पुरिएकी थिइन् । उनलाई आधा घण्टापछि उनका छिमेकीहरुले उद्धार गरेका थिए । जब उनी होसमा आइन् उनले आफ्ना दुबै सन्तानलाई आफूले घुमाएको पाइन् । यो विछोडले उनलाई अत्यन्तै दुःखी बनाइरहेको छ ।
भुइँचालोपछि श्रेष्ठका लागि जीवन उस्तै रहेन । उनको छोरा घरको एकमात्र कमाउने व्यक्ति थिए । उनका श्रीमान सुन्न सक्दैनन् र जीवन यापन गर्नका लागि पनि शारीरिक रुपमा कमजोर छन् । यो दम्पत्ति अहिले उनको छोराको कार्यालय र डीसीएको आवासका लागि नगद कार्यक्रम अन्तर्गत निर्माण भएको एक कोठे घरमा बसिरहेका छन् ।
श्रेष्ठ आफ्नो दुख, संघर्ष, वर्तमान अवस्था र भविष्यका बारेमा बोल्ने एक सहभागी हुन् । डीसीएले सञ्चालन गरेको कार्यक्रममा स्थानीयहरु, नगरपालिकाका प्रतिनिधि त्यसक्षेत्रका सांसद सिद्धिलाल सिंह, पूर्व सांसदहरु, स्थानीय विकास संस्थाका प्रतिनिधिहरु, निजी तथा शैक्षिक संस्थाहरु सहभागी थिए । सो अनुभव साटासाट कार्यक्रममा बोल्दै सांसद सिंहले भूकम्पपीडितका लागि अझै धेरै गर्न बाँकी रहेको बताए ।
‘सरकारले भूकम्पपछि गर्नुपर्ने काम गर्न असफल रह्यो । वितेका एकवर्षमा त्यस्तो कुनै उल्लेखनीय काम गर्न सकेको छैन । अब सरकारले स्थायी बसोबास तथा पुर्नबास कार्यक्रममा ध्यान दिनुपर्छ,’ सिंहले भने ।
कार्यक्रममा भूकम्पसँग सम्बन्धित विभिन्न सचेतना कार्यक्रमहरु गरिएको थियो । डीसीएका आकस्मिक भूकम्प प्रोजेक्टका प्रमुख एन्ड्रीयू पल म्यानले डीसीएले स्थानीय निकायसँग मिलेर आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । उनले भने, ‘डीसीएले भूकम्प गएको २४ घण्टाभित्र सामूहिक भन्छा, खानेकुराहरु प्राथमिक उपचार तथा स्वास्थ्य सामग्रीहरु पीडितहरु समक्ष पुर्याएको थियो । यसले हजारौं मान्छेहरु नगद, बसोबास, स्वास्थ्य प्रचार अभियान कार्यक्रमबाट मानिसहरुलाई सहयोग पुर्याउँदै आएका छांै । आगामी दिनमा पनि स्थानीय निकाय तथा एजेन्सीहरुसँग नजिक रहेर काम गर्नेछौं ।’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment