Saturday, April 23, 2016

भोजपुरमा खुकुरी उत्पादन नै संकटमा, वीर गोर्खालीको शानमा खिया लाग्ने चिन्ता

नेपालीको परिचयको महत्वपूर्ण पात्र नै हो खुकुरी । गोर्खालीको शान बनेर विश्वभर चम्किएको खुकुरीको गाथा जति गाए पनि कम हुन्छ । यही खुकुरीका लागि ख्याति कमाएको भोजपुर अझै पनि खुकुरी उत्पादनका लागि नेपालको सबभन्दा अब्बल जिल्ला मानिन्छ । तर दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा भोजपुरले यो पुरानो साइनो विर्सने होकी भन्ने आशंका समेत उत्पन्न भएको छ ।

पञ्चायतकालदेखि बहुदलीय ब्यवस्था आउदाँ सम्म लाखौ रुपैयाको उत्पादन हुदै आएको भोजपुरे खुकुरी उद्योगहरु अहिले आवश्यक स्रोत साधनको अभावमा संकटमा पर्दै गएका छन । भोजपुर सदरमुकाम, टक्सार, रानीवास, खैराङ्ग, कोट, गोगने र खावा गाविसमा रहेका करिव चार दर्जन खुकुरी उद्योग आवश्यक कच्चापदार्थ कोइला (गोल), विधुत र दक्ष जनशक्तिको अभावका कारण संकटमा परेका हुन ।

राणाशासन र पञ्चायती शासनकालदेखि प्रसिद्ध बनेका भोजपुरे खुकुरी उत्पादनमा कमी आउन थालेपछि भोजपुरको मागलाई समेत पुरा गर्न सकेका छैन ।

भोजपुरमा उत्पादन भएको खुकुरी काठामाडौ, धरान, विराटनगर लगायतका भारतका दार्जिलिङ्ग ,आसाम ,सिक्किम तथा अन्य राष्ट्रमा पनि लाखौको व्यापार हुदै आएको थियो । तर देशमा चलेको एक दशक लामो शसस्त्र द्धन्द्धका कारण खुकुरी उद्योग एकाएक थला प¥यो । भोजपुरमा उत्पादन हुने खुकुरी मौलिक उद्योगको जगेर्नामा चासो नदिँदा यो समस्या आएको व्यवसायीहरुको भनाई छ ।

यता घरेलु तथा साना उद्योग विकास समिति, भोजपुरले केही सहुलियतमा व्यवसायीहरुलाई प्रविधियुक्त मेसिन खरिदमा सहयोग गर्न थालेको छ । यसबारे कतिपय व्यवसायीलाई जानकारी नभएकाले सबैको पँहुचमा पुग्न नसक्दा उचित लाभ लिन सकेका छैनन् ।

कुनै समय भारत, चीन, बङगलादेश पाकिस्तान, ब्रुनाई, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायत, सम्म पुग्ने भोजपुरे खुकुरी भोजपुरमा मात्र सीमित हुदाँ यसको ब्यापारमा समेत शतप्रतिशत गिरावट आएको छ । भोजपुर बजारमा अहिले आधा दर्जन सञ्चालनमा रहेको खुकुरी उद्योग समेत राम्रो चल्न सकेको छैन । लाखौंको व्यापार हुदै आएका खुकुरी उद्योग बन्द हुदै गएपछि धेरैले रोजगारी गुमाउने अवस्था सिर्जना भएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment