१२ वैशाख, काठमाडौँ। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले शुक्रवार जलवायु परिवर्तनबारेको संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको पेरिस सम्झौतामा हस्ताक्षर गरेका छन् ।
हस्ताक्षर संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि–मुनले राष्ट्रसङ्घ मुख्यालय, न्यूयोर्कमा आयोजना गरेका ऐतिहासिक हस्ताक्षर समारोहमा भएको थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग न्युयोर्कबाट प्रकाशित विज्ञप्तिअनुसार हस्ताक्षर समारोहमा कोप २०, कोप २१ तथा कोप २२ (पेरु, फ्रान्स र मोरोक्को)का अध्यक्षसहित विश्वका १७५ जना नेता उपस्थिति थिए ।
सो अवसरमा बोल्दै संयुक्त राष्ट्रसङ्घका महासचिव वान कि–मुनले सबै देशलाई सो सम्झौतामा सहभागी हुन आह्वान गरे । उनले यसबाट गरिब र कमजोर वर्ग आफूले सिर्जना नगरेको समस्याबाट ग्रस्त हुनु नपर्ने पनि बताए ।
हस्ताक्षरपछिको कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री थापाले पेरिस सम्झौता नेपालजस्तो पहाडी देश जहाँ जलवायु परिवर्तनले दशौँ लाख मानिसको जीवनलाई असर पारेको छ, त्यहाँका जनताका लागि आशाको किरण भएको बताए।
उनले सो सम्झौता सन् २०१५ मा पारित गरिएका २०३० का दिगो विकास कार्यसूचि कार्यान्वयन गर्ने दिशामा जीवन्त माध्यम बन्ने पनि बताए ।
“हामीमा चुनौती सामना गर्नका लागि हाम्रो विश्वव्यापी प्रयास, समझदारी, सहयोग र साझेदारीको संयुक्त शक्तिमा ठूलो आशा रहेको छ” – उनले बताए ।
शुक्राबारनै उनले स्वीडेनका उपप्रधानमन्त्रीसँगै एक सत्रको सहअध्यक्षता पनि गरेका थिए भने सो पश्चात महासचिव वानले आयोजना गरेका दिवाभोजमा पनि सहभागी भएका थिए ।
अपराह्न उनले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रशासक हेलेन क्लार्कसँग भेट गरेका थिए । सो अवसरमा सन् २०३० को कार्यसूची लागू गर्ने सन्दर्भमा नेपालको आर्थिक विकासबारे विचार आदानप्रदान भएको थियो ।
साँझ उपप्रधानमन्त्री थापाले राष्ट्रसङ्घका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईले उनको सम्मानमा आयोजना गरेको रात्रिभोजमा पनि सहभागी भएका थिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment