एजेन्सी। भूपू एडल्ट स्टार सन्नी लियोनीले सन् २०१२ मा पूजा भट्टको कामुक चलचित्र ‘जिसम २’बाट बलिउडमा प्रवेश गरेर आफ्नो अद्वित्तीय अभिनयबाट सबै दर्शकहरूको मन जित्न सफल भइन्। यसरी बलिउडमा छोटो समयमा नै नाम कमाएकी सन्नी लियोनी अब लेखिकाको रूपमा आफ्नो नयाँ कला देखाउन तत्पर भएकी छिन्। सन्नीले ‘स्वीट ड्रिम्स’ नामक एक पुस्तक लेखेकी छिन्, जसमा १२ वटा लघुकथाहरू समावेश गरिएको छ।
‘मस्तिजादे’ अभिनेत्रीले बताइन् कि उनको दिमागमा लेखनको कुनै सोँच थिएन। उनले भनिन्- “मेरो दिमागमा राइटिङ्गको कुनै सोँच थिएन, म केवल भिन्नाभिन्नै कहानी र विचारहरू सोँच्दै बस्थेँ, तर लेख्न सकेकी थिइनँ। यसरी आफ्नो सोँचलाई पुस्तकमा उतारेको यो पहिलो पटक हो। जब म सानी थिएँ, तब मैले डायरीमा नानाथरी कुराहरू लेख्ने गर्थेँ, तर मेरी आमाले एकपटक पढ्नुभयो र त्यसपछि मैले लेख्न छोड्दिएको थिएँ।”
३४ वर्षीय सन्नीलाई जब पब्लिकेशन हाउस ‘जगरनट बुक’ले १२ वटा लघुकथा लेख्नको लागि सम्पर्क गर्यो, तब उनले यसलाई एक चुनौतीको रूपमा लिएर ३ महिनाभित्रमा १२ वटा लघुकथा लेखेर सिद्ध्याइन्। “लेख्न त लेखेँ, तर यसले कस्तो मोड लिन्छ त्यो हेर्न बाँकी नै छ।”, उनले भनिन्।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment