परीक्षामा कतिपय चिट चोर्ने बानी परेका परीक्षार्थीहरुले हैरान नै पार्दछन् । आखिर चिट नै चोर्न दिने हो भने परीषाको अर्थ नै के रह्यो र ?
परीक्षा खुकुलो बनाएर परीक्षार्थीहरुलाई चिट चोर्न दिँदा अब्बल विद्यार्थीहरुलाई मार पर्दछ । अझ प्रतियोगितात्मक परीक्षामा त चिट चोराइले असल विद्यार्थीलाई ठूलो घाटा हुने गर्दछ ।
त्यसैले चाहे स्कुल कलेजमा होस् वा कुनैपनि प्रतियोगितात्मक परीक्षामा । चिट चोर्नलाई निरुत्साहित नै गरिएको हुन्छ ।
तर कहिलेकाहीँ चिट चोर्नबाट रोक्नका लागि अलिक कडा तथा अनौठा विधिको पनि प्रयोग गरिँदो रहेछ विभिन्न देशमा ।
चिट चोर्नबाट रोक्ने केही अनौठा विधिका तस्वीरहरु साँच्चीकै हाँसो उठाउने खालका छन् । हेरौँ नः
यो थाइल्याण्डको केसेटसार्ट विश्वविद्यालयको दृश्य हो । विद्यार्थीले यताउति आँखा डुलाउँछन् भनेर परीक्षामा बसेको बेला यसरी घोडालाई जस्तै आँखा छोप्ने कागज टाउकोमा झुण्डाइन्छ त्यहाँ ।
यो त भोट हाल्दाखेरि लुकाएर छाप हान्ने ठाउँजस्तो पो छ । यसो भयो भने परीक्षार्थीले न त अरुको कपी सार्न पाउँछन्, न त उनीहरुको कपी अरुले नै सार्न पाउँछन् ।
यो हो भारतको तस्वीर । भारतीय सेनामा भर्ति हुनका लागि परीक्षा दिइरहेका युवाहरु । उनीहरुलाई चिट चोर्नबाट रोक्नका लागि नाँगेझार पारेर केवल कट्टु मात्र लगाउन दिइएको थियो । यसको भारतभित्रै निकै आलोचना पनि भयो ।
यो हो चीनको दृश्य । चीनमा विद्यार्थीहरुले गर्ने चिटिंगलाई राष्ट्रिय रोगकै रुपमा लिइन्छ र नियन्त्रत्रणका लागि कडा उपाय अपनाइन्छ । एकजना विश्वविद्यालयकी परीक्षार्थी छात्राको जिउमा मेटल डिटेक्टरले जाँच गर्दै महिला परीक्षा अधिकारी । चीनमा विद्यार्थीले बोकेका चिट पत्ता लगाउने विशेष यन्त्रको प्रयोग समेत गरिन्छ ।
यो पनि भारतकै एक विद्यालयको दृश्य । कक्षामा विद्यार्थीहरुले परीक्षा दिइरहेको बेला शिक्षक चाहीँ कक्षाको एउटा कुनामा दराजको माथि चढेर निगरानी गरिरहेका छन् ।
बेल्जियममा चाहीँ विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि क्यामरा सहितको ड्रोन नै प्रयोग गरिन्छ । यो चाहीँ थोमस मोर कलेजको दृश्य हो ।
चीनमा नेसनल कलेज प्रवेश परीक्षामा सहभागी हुने ९० लाख विद्यार्थीको निगरानीका लागि हरेक वर्ष सिसिटीभीकै व्यवस्था गरिएको हुन्छ ।
यो चाहीँ थाइल्याण्डको दृश्य । त्यहाँको नागरिक उड्ययन केन्द्रले कर्मचारी भर्नाका लागि लिएको प्रतियोगितामा परीक्षार्थीहरुले अर्को परीक्षार्थीले लेखेको कुरा सार्न चिट चोर्न नसकुन् भन्नका लगि टाउकोलाई कागजको बाकसले नै छोपिदिएको थियो ।
चिट निर्मूल अभियानमा चीन नै सबैभन्दा अगाडि देखिएको छ । माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई परीक्षा दिनका लागि यसरी बाहिर ग्राउण्डमै २।३ मिटरको दूरीमा राखेर कडा तरिकाले परीक्षा लिइन्छ ।
फोन चाहीँ अहिले चिट चोर्ने सबैभन्दा सजिलो माध्यम भएको छ । त्यसकारण परीक्षा अगाडि शिक्षकहरुले सबै विद्यार्थीका फोन खोसेर यसरी नाम अनुसार राख्ने गरेका छन् । यसबाट कसले आफ्नो फोन दियो वा दिएन थाहा भैहाल्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment