ओखलढुंगा, वैशाख ११ – ओखलढुंगाको कालीका गाविसका महिलाले बाटो खनेर लोकत्रन्त्र दिवस मनाएका छन् । कालिका गाविस-८ मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूह सञ्जालमा आबद्ध महिलाले एक किलोमिटर गोरेटोबाटो निर्माण गरेर लोकतन्त दिवस मनाएका हुन् ।
लोकतन्त्र आएका दिनमा नयाँ काम सुरुवात गरेर दिवस मनाइएको समूहका अध्यक्ष शोभा लुँइटेलले बताउनुभयो । उहाँका अनुसार कालिका गाविस-८ मा रहेको तोरीबारीदेखि रमितेसम्म एक किलोमिटर गोरेटोबाटो समूहका २८ जना महिला सदस्य र अन्य १५ जना स्थानीय बासिन्दा गरी ४३ जनाले बाटो निर्माण गरेर दिवस मनाएका हुन् ।
स्थानीय बासिन्दालाई सामाजिक काममा प्रोत्साहन गर्ने उद्देश्यले लोकतन्त्र दिवसका दिन बाटो निर्माण गरेको आमा समूहले जनाएको छ । महिलाहरुको उदाहरणीय काममा सबैले सहयोग गर्नुपर्ने जिल्ला स्तरीय आमा समूह सञ्जालकी अध्यक्ष कान्ति राजभण्डारीले बताउनुभयो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment