भुकम्पले प्रहरी चौकी ध्वस्त भएपछि स्थानीयको सक्रियतामा भुकम्पको एक वर्षपछि प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको छ । स्थानीयको सक्रियतामा यसरी प्रहरी चौकी निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिएको जिल्लामा यो पहिलो हो ।
व्यापारीक केन्द्र बाह्रविसेमा रहेको प्रहरीको अस्थायी पोष्ट भुकम्पले क्षति भएपछि स्थानीय टोल सुधार समितिले आर्थिक संकलन गरेर निर्माण गरेको भवन शनिबार प्रहरीलाई हस्तान्तरण गरिएको थियो । व्यस्त बजारमा प्रहरी चौकी नहुदा आफुहरुलाई समस्या भएकाले आफुहरुको सक्रियातामा चौकी निर्माण गरेको स्थानीय उद्धव तिवारीले जानकारी दिए ।
राम्चे –७ को टोल सुधार समितिले अस्थायी प्रहरी पोष्ट निर्माण गरिदिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख डीएसपी विश्व अधिकारीले जानकारी दिए । ४ लाख ७५ हजार रुपियाँ नगद र जनश्रमदानबाट भवन निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment