काठमाण्डु, ११ वैशाख– विश्व फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष एवं राप्रपा नेपालका सांसद् गणेश थापाले आफूमाथिको कारबाहीमा पुनर्विचारका लागि दिएको अपिल खारेज गरिदिएको छ ।
भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा फिफाको आचरण कमिटीले थापामाथि एक वर्षअघि १० वर्षे प्रतिबन्धका साथै १२ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । शुक्रबार विज्ञप्तिमार्फत फिफाले थापाले गरेको अपिल खारेज गरेको जनाएको हो ।
विज्ञप्तिमा आचरण कमिटीले गरेको कारबाही सही रहेको निस्कर्ष निकालिएको फिफाले स्पष्ट गरेको छ । थापाले करिब २१ वर्षसम्म एन्फा अध्यक्ष रहेर काम गरे । थापामाथि सन् २००९ र २०११ मा भएको फिफा कार्यकारी समितिको निर्वाचनमा उम्मेदवारसँग घूस लिएको आरोप फिफाको छ ।
थापाले भ्रष्टाचार काण्डमा आजीवन प्रतिबन्धमा परेका एसियाली फुटबल महासंघ (एएफसी) का पूर्वअध्यक्ष मोहम्मद विन हमामसँग एक लाख अमेरिकी डलर लिएको प्रमाणित भइसकेको छ । थापाका छोरा गौरवमार्फत हमामले एक करोड नेपाली रुपैयाँ जम्मा गरेको थापा स्वयंले स्वाीकार गरिसकेको छन् ।
यद्यपि त्यसलाई उनले ऋण सापटी भएको दाबी गर्दै आएका छन् । थापा राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान र परराष्ट्रमन्त्री कमल थापाका सहोदर भाई हुन् । भ्रष्टाचार अभियोगमा थापामाथिको मुद्धा अख्तियारमा विचाराधीन छ ।
तर, अख्तियारले मुद्धा प्रक्रिया अघि बढाउन आलटाल गर्दै आएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment