एजेन्सी । विहेको दिन मृत्यु हुने वा आत्महत्या गर्ने मानिस संसारमा सायदै होलान् । तिनै कमै मध्येका एक हुन पुगे भारतको पञ्जाव प्रान्तस्थित लुधियाना शहरको मोडल टाउनका २४ वर्षे युवक मोहित ।
घरबाट धुमधामका साथ अन्मिएर बेहुलीको घर नजिकै पुग्न लाग्दा उनले अचानक आँफुलाई उल्टी आउन लागेको बहाना बनाउँदै एक्कासी कार रोक्न लगाए र पगरी कारमा नै छोडेर एक्कासी नहरमा हाम फालेर आत्महत्या गरे । उनले नहरमा हाम फाल्नु अघि कुनै जन्तिलाई शंका समेत थिएन ।
सयौं जन्ती अघिपछि लगाउँदै बेहुली लिन हिँडेका एक बेहुलाले नहरमा हामफालेर आत्महत्या गरे लगत्तै जन्तिहरुबिच रुवाबासी मच्चिन पुग्यो । सयौँ जन्तीलाई झुक्याएर हेरेको हेरै बनाउँदै उनले क्षण भरमा नै प्राण त्याग गरे ।
स्थानीय प्रहरीको सहयोगमा उनको शव नहरबाट निकालीए पनि आत्महत्या गर्नुको कारणबारे केही थाहा हुन सकेको छैन । स्रोतका अनुसार युवकले आत्महत्या गरेको स्थानबाट बेहुलीको घर करिब ५ सय मिटरको दुरीमा मात्रै पर्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment