Saturday, April 23, 2016

‘हिप–पप’ले भूकम्पको चोट भुलायो

११ वैशाख, काठमाडौँ। ‘गोर्खा भूकम्प’को वार्षिक स्मृतिमा आज राजधानीको भृकुटीमण्डपमा निःशुल्क ‘कन्सर्ट’ (साङ्गीतिक कार्यक्रम) सम्पन्न भएको छ ।

अमेरिकी राजदूतावासको आयोजनामा भएको ‘कला दूत कार्यक्रम’ नाम दिइएको उक्त ‘कन्सर्ट’मा स्वदेशी तथा विदेशी गायक-गायिकाले करिब पाँच हजारको सङ्ख्यामा रहेका दर्शकलाई भूकम्प बिर्साउने गरी मनोरञ्जन दिए ।

concert bhrikurimandap earthquake day 52668120

जापानी मुलकी अमेरिकाकी चर्चित ‘हिप–पप’ गायिका आइशा फुकुशिमाले आफ्नो् ‘हिप–पप’ शैली प्रश्तुत गर्दा युवा दर्शकले ‘वान्स मोर’ भने ।concert bhrikurimandap earthquake day 1082720

त्यस्तै, नेपालको चर्चित ब्यान्ड ‘१९९४ एडी’, ‘हिप–पप गायक’ निर्णय श्रेष्ठ (द एनएसके) र गायिका समृद्धि राईको प्रस्तुतिले पनि दर्शकको मन जित्यो । त्यसैगरी, अमेरिका निवासी चर्चित फेशन डिजाइनर प्रवल गुरुङ र पूर्वमिस नेपाल इभाना मानन्धरले कार्यक्रमको रौनक बढाएका थिए ।

करिब तीन÷चार घन्टा ‘हिप–पप’मा भुलेका दर्शक भन्दै थिए, ‘भूकम्पको स्मृतिमा गरिएको कन्सर्टले भूकम्प नै बिर्सायो ।”

गायिका फुकुशिमाले ‘हिप–पप संस्कृति’सँग नेपाली युवालाई अभ्यस्त गराउँदै उनीहरुलाई भूकम्पपछिको पुनःनिर्माणमा ऊर्जा प्रदान गर्न ‘कन्सर्ट’ गरिएको बताए ।

संयुक्त राज्य अमेरिकामा सामाजिक र राजनीतिक अभिव्यक्ति तथा परिवर्तनका लागि ‘हिप–पप’को प्रयोग हुने गरेको छ । रासस

थप तस्बिर:

concert bhrikurimandap earthquake day 42084420concert bhrikurimandap earthquake day 31251420concert bhrikurimandap earthquake day 2345220concert bhrikurimandap earthquake day 123010720concert bhrikurimandap earthquake day 112144920concert bhrikurimandap earthquake day 95713020concert bhrikurimandap earthquake day 85026520concert bhrikurimandap earthquake day 74292720concert bhrikurimandap earthquake day 63527220


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment