Saturday, April 23, 2016

भुकम्प पीडितहरुको सहयोगार्थ महायज्ञ शुरु

बैशाख १२ गतेको भुकम्पमा परी निधन भएका र भुकम्पमा परी परिवार गुमाएको र अगभँग भएकाहरुको सहयोगार्थ बौद्ध सिमलटारमा महायज्ञ सुरु भएको छ । स्थानीयबासिन्दा र सिमलटार बालकुमारी युवा क्लवको आयोजनामा सुरु भएको महायज्ञ वैशाख १९ गते सम्म चल्ने छ ।

महायज्ञको उद्घाटन गर्दै पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले नयाँ सविधान निर्माणको क्रममा राष्ट्रिय झण्डा र नाम समेत परिवर्तन गर्ने अवस्था आएको खुलासा गर्नु भयो ।

कार्यक्रममा सभाषद रामेश्वर फुयाँलले धर्म सस्कृतिले सवैलाई एकै ठाँउमा ल्याउने भएको हुदा सामाजिक अभियानबाट आर्थिक विकास गर्न सकिने बताउनु भयो ।

अर्का सभाषद अम्विका बस्नेतले बैशाख १२ गतेको भुकम्पमा परेका ब्यक्ति र उनको परिवारको अवस्था निकै पिडादायी रहेको बताउनु भयो ।

महायज्ञ आयोजक समितिको अध्यक्ष बासुदेव अधिकारीले महायज्ञले भुकम्पबाट बिपत्तीमा परेका परिवारको सहयोग र सामाजिक विकासको उदेश्य लिएको बताउनु भयो ।

महायज्ञ आयोजक सस्थाका उपाध्यक्ष जयर।म चालिसेले स्थानीयबासीले विकास निर्माण र सामाजिक हितको महायज्ञ केन्द्रिंत रहेको बताउनु भयो । कार्यक्रममा प्रा डा लक्ष्मीकान्थ पन्थी, प्रा डा दुर्गा प्रसाद अर्याल,नेपाली काग्रेस क्षेत्र ३ का अध्यक्ष सन्तोष चालिसे, आमा समूह सिमलटारकी उपाध्यक्ष शारदा थापा , पण्डित विश्वराम न्यौपाने र आयोजक सस्थाको तर्फबाट राजेश भण्डारी र सिमलटार बालकुरमारी युवा क्लवका अध्यक्ष महेश थापाले महायज्ञ भुकम्पपिडितको सहयोगार्थ सहयोग र पुर्ननिर्माणमा केन्द्रित रहने बताउनु भयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment