Saturday, April 23, 2016

‘भोट माग्न आए दुःख बुझ्न आएनन्’

१२ वैशाख, सिन्धुपाल्चोक । घाम र पानीले फाटेको त्रिपाल टालटुल गर्दै याङजी शेर्पाले पाँच एक बर्षदेखि राम्रोसंग निदाउन सकिरहेकी छैनन् । एक बर्ष अघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोक आख्रेनी–१ की शेर्पाले चैनको साथ रात विताउन धेरै रात भइसक्यो ।

घामले पोल्दा सहन सकिन्छ, पानीको चिसोले निकै दुःख दिन्छ शेर्पाले भनिन, ‘सपनाको झुपडी भुकम्पले खरानी बनायो, घर जाऊ घर छैन यहाँ बसौ बस्ने मन छैन ।’ दुःखले बनाएको घर भत्कियो, भीर पाखो भएपनि जन्मिएको ठाउँकै मायाले सताउने गरेको बताउँदै उनले थपिन, ‘घर बनाउन सके गाउँमै कुटो कोदालो गरेर परिवार पाल्न सकिन्थ्यो अर्काको भर गरेर कति दिन बाँच्ने हो अत्यास लागि सक्यो ।’

घर भत्किएपछि धावायाङजी शेर्पाको पनि व्यथा उस्तै छ । भूकम्प आउँदा १४ दिनको सुत्केरी थिइन उनी । भूकम्पबाट बाच्न सफल भएपनि घर सबै भत्काउँदा सुकुम्बासी भएको र गाउँमा बस्न निकै कठिनाई भएको छ उनलाई । भूकम्पपछि गाविसले उपलब्ध गराएको १५ हजार रुपियाँले कुनै राहत नभएको गुनासो गर्दै शेर्पाले सरकारले आश देखाएर निराश बनाएको भन्दै तप आँखाबाट आँशु झारिन ।

भुकम्प गएपछि गुम्बा तेम्बाथाङ–९, क्याङसिङ–८ र लाँगचें–१ ओख्रेनीका भूकम्प पीडितहरुको व्यवस्थापनको लागि पीडितहरुले व्यवस्थापन समिति गठन, गोकणेश्वर नगरपालिका गुम्बामा आश्रयस्थल बनाएर गाउँ फर्किएका छन् । ओख्रेनी गाविस सिन्धुपाल्चोक जिल्लाको विकट गाविसमा पर्छ । गाडी छोडेर गाउँ पुग्नको लागि तीन दिन लाग्छ ।

तेम्बाथाङका पेम्बा शेर्पाले आफूहरुलाई जन्मिएको भीर पाखामा जान मन पर्ने भएपनि बस्न नै गाह्रो भएको बताए । सरकारले दाता सम्मेलन मार्फत विभिन्न देशबाट रकम संकलन गरेको खबर पनि सुने । तर भूकम्प पीडितहरुको अवस्थाप्रति सरकारले गरेको वेवास्थाप्रति उनीहरुको मनमा नराम्रो चिसो पसेको छ । पीडितहरुलाई नारा भाषण भन्दा पनि बस्ने वास र खाने गाँसकै खाँचो रहेको सुनाउंदै छिरिङ शेर्पाले भने,भने,‘गफ गर्ने धेरै आए काम गर्ने आएनन् चिन्ता नै यही छ ।’ क्यासिंङका फुर्वा शेर्पाले एक बर्ष वितिसक्दा समेत सरकारले पीडितहरुको पीडा नबुझेको बताए । ‘दुःखको साहरा सरकार सोचेका थियौ तर विपतको बेला सरकार कस्तो हुन्छ भनेर मुख समेत देख्न पाइएन’, उनले भने,– भोट माग्न आए दुःख बुझ्न आएनन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment