Saturday, April 23, 2016

सर्लाहीमा अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थालाई आवश्यक पत्र बुझाउन निर्देशन

सर्लाही, वैशाख ११ – सर्लाहीको बरहथवा र हरिवन नगरपालिकामा दर्ता नगरी अस्पताल र क्लिनिक सञ्चालन गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले शनिबार गरेको अनुगमनमा तीन अस्पताल र चार डेन्टल क्लिनिक अवैध रुपमा सञ्चालन भएको भेटिएको हो । 

बरहथवाको धर्मेश्वर अस्पताल, मिश्रा हेल्थ केयर सेन्टर र हरिवनको नागेश्वर चाँदसी चिकित्सालय तथा बरहथवाको मुक्तेश्वर डेन्टल क्लिनिक, प्रसाद डेन्टल क्लीनिक, साह हेल्थ एण्ड डेन्टल क्लिनिक र हरिवनको मानसरोवर डेन्टल क्लीनिक पनि दर्ता नगरी संचालन भएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत प्रभाकर झाले बताउनुभयो ।

अवैध रुपमा सञ्चालित स्वास्थ्य संस्थालाई ७ दिनभित्र आवश्यक कागजातसहित जिल्ला स्वास्थ्य कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ । स्वास्थ्य संस्थाका संचालकहरु एक हप्ताभित्र आवश्यक कागजपत्रसहित उपस्थित नभए कानुन बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सडकुमार पोखरेलले बताउनुभयो ।

टोलीले सर्लाहीको बरहथवा, हरिवन, नवलपुर र लालबन्दीका स्वास्थ्य संस्थाहरुको अनुगमन गरेको छ । गएको हप्ता पनि सर्लाहीको सदरमुकाम मलंगवामा रहेका स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको अनुगमन टोलीले बताएको छ । सर्लाहीको सदरमुकाम आधा दर्जनभन्दा बढी स्वास्थ्य संस्थाहरु अवैध ढंगले सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment