काठमाडौँ, १२ वैशाख । सरकारले भूकम्प गएको एक वर्षको स्मरण गर्दै क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पुनः निर्माणको काम विभिन्न चार स्थानबाट सुरु गर्ने भएको छ ।
त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनः निर्माणको शुभारम्भ गर्नु हुनेछ ।
भूकम्पबाट क्षति भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनः निर्माणको कार्य सोमबार चार स्थानमा ९ बजे एकैपटक प्रधानमन्त्री तथा पार्टीका शीर्षनेताले शुभारम्भ गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
चार स्थानबाट पुनः निर्माणको शुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताको उपस्थितिमा गत एक वर्षभित्र नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्बिर तथा भिडियो क्लिपको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment