Sunday, April 24, 2016

‘मिनेटले ज्यान बचेको त्यो दिन’

विनाशकारी भुकम्पगएको आज एक वर्ष पूरा भएको छ । गत ०७२ साल वैशाख १२ गते गएको भुकम्पकाकारण हजारौँ घरबार विहिनबने त हजारौँले ज्यान पनि गुमाए ।
त्यति बेला भुकम्पले ढलेका घर अहिलेसम्म बनेको छैनन् । पीडितले एक वर्षको कष्टपूर्ण रात टहरामै बिताएका छन् । विद्यार्थी टहरामै अध्ययन गर्न बाध्य छन् । सरकारले पटक–पटक पुनः निर्माणको आश्वसन दियोे तर अहिले सम्म त्यसले गति लिन सकेको छैन ।

गतवर्ष भुकम्प जाँदा म काभ्रेमा तत्कालीन उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंह उपस्थित कार्यक्रममा थिए ।

कार्यक्रम चल्दै थियाे । एक्कासी हल्लिनथालेपछि सबैको भागाभागभयो । सबैतिर फोन गरे फोन लागेन । पछि फोन लाग्यो । कार्यक्रम धुलिखेलमा थियो । त्यसपछि म बनेपातिर आएँ । त्यहाँ आउँदा एम्बुलेन्स लगायतका स्रोत साधनहरु प्रयोग गरी अस्पतालमा बिरामी ल्याउने चाप थियो । म समाचार लेखनलाई छाडी बिरामी व्यवस्थापनका निम्ति सहयोग गर्न लागि परे ।

मेरो आफ्नो घर र गाउँ पनि ध्वस्त बनाएको थियो भुकम्पले । गाउँमा राहत पु¥याउनु मेरो चुनौतीको विषय थियो । यातायातको क्षेत्रबाट टाढाको ठाउँमा हत्तपत्त राहत लैजान मान्दैनथे अन्य संघसंस्थाले पनि । विनाशकारी भुकम्पपछि देशी विदेशी संस्थाहरुले सहयोगीहातहरु अगाडि बढायो । त्यसक्रममा भुकम्पले थलिएको काभ्रेकोे विकट क्षेत्र डाँडापारिका बासिन्दलालाई चामल खरिद गरी भुकम्प पीडितलाई दिनभन्दै केही रकम जम्मापारी पठाएका थिए ।

सोही अनुरुपचामल खरिद गर्न म बनेपा खाध्य भण्डार पुगे । त्यहाँ काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश कायस्थ पनि हुनुहुँदो रहेछ । त्यो पसल पनि उहाँकै रहेछ । उहाँले यो कुन ठाउँमा लैजाने हो ?भनेर प्रश्नगर्नुभयो । अनि मैले क्षति विवरणदेखि लिएर भुकम्प पीडितहरुको पीडा र वास्तविक जनजीवनबारे प्रष्ट्याइदिए । उहाँले वचन दिनुभयो कि मैले चिनेको र सकेको ठाउँमा कुरा राख्छु ।

उहाँले वरिष्ठ पत्रकार प्रतिकप्रधानसँगमलाई सम्पर्क गराइदिनुभयो । उहाँले मलाई मेरो आफ्नो गाउँको लागि सकेको सहयोग गरिदिने वचन दिनुभयो । त्यसपछि भोलिपल्ट बिहानै मलेसियाका दाजुभाईले पठाएको रकमबाट खरिद गरेको चामललिएर म गाउँतिर हान्निए । गाउँजाँदा भेटभएजति सबैले आ–आफ्नो पीडा सुनाएँ । पीडा सुनि सक्नु थिएन ।
त्यसपछिप्रतिक सरसँग हाम्रो दोस्रोपल्ट कुराकानी भयो । उहाँले हेलिकप्टरमार्फत सामान लैजाने तयारी भएको छ, तपाई तयार भएर बस्नुस् भन्नुभयो । त्यहीअनुरुप म तयारीमै बसे । त्यसपछि १२ वैशाखको पछिल्ले बिहिबार बिहान धुलिखेलस्थित फुटबल ग्राउण्डबाट डाँडागाउँको लागि नेपाली सेनाको हेलिकप्टर जाने तयारी थियो । बिहान ८ बजे नै धुलिखेलबाट हेलिकोप्टर उड्ने भनेपछि म पनिअलिक हत्तारिँदै कोठाबाट निस्के । धुलिखेल पुग्न नपाउँदै नेपाली सेनाको हेलिकोप्टर फुटबल ग्राउण्डमा ल्याण्ड भयो । मैले गाउँको मौसमबारे जानकारी लिँदै थिए । तुवाँलो र बादल छ भन्दै थियो गाउँका साथीहरुले तर यहाँबाट हेलिकोप्टर उड्नका लागि तयारी पूरा भइसकेको अवस्था थियो । त्यसैले म पनि हत्तारिँदै हेलिकोप्टरभित्र चढ्नुको विकल्प नै थिएन।

राहत सामग्रीलोड हुनका साथै म भित्र पसेपछि हेलिकोप्टरले जमिन छाड्यो । अब हेलिकोप्टर आकाशमा मात्रै सीमिति रह्यो । धुलिखेल आसपासदेखि च्याल्टी कामीडाँडा सम्म त मैले ठाउँ नियाल्दै थिए । एकछिनपछि कहाँपुग्यो कहाँपुग्यो जस्तो लाग्यो । सम्बन्धित क्षेत्रका व्यक्ति भएको कारणले पनि मलाई ठाउँ हेर्ने जिम्मा थियो । सिमसिमे पानी र खराब मौसम काकारण बादल भन्दा माथी हेलिकोप्टर पुगेपछि ठाउँ नियाल्न सकिरहेको अवस्था थिएन । बल्लहामी मकवानपुरको सिमाना पुगेपछि मैले ठाउँ ठम्याउन थाले ।

सांकेतिक हिसाबले मैले राहत पु¥याउने ठाउँ देखाएँ । मैले ठाउँ देखाएपछि हामी त्यतातिरै हान्नियौ । पुग्नुपर्ने ठाउँमा पुग्नुभन्दा झण्डै २ मिनेट अघि हेलिकोप्टरमा सामान्य समस्या देखियो भन्ने जानकारी भयो । कर सापले कतै ल्याण्ड गर्ने ठाउँ छ कि छैन भनेर मलाई सोध्नुभयो । डाँडाकाडा मात्रै छ त्यस्तो ठाउँ छैन भनेपछि उहाँले बल्लतल्ल सम्बन्धित ठाउँमै साढे १ मिटेभित्र त्यही ठाउँमा ल्याण्ड गर्नुभयो । त्यसपछिउहाँले भन्नुभयो १ मिनेटले हामी यहाँ आउन सक्यौ ।
यातायातको क्षेत्रबाट टाढा रहेको डाँडागाउँ गाविसको वडा नं. ३ स्थित गुम्बाको प्राङ्गणमा हेलिकोप्टर ल्याण्ड भएपछि थाहापाए कि गाविसमा जिल्ला दैविप्रकोप उद्धार समितिको एक पाकेट चाउचाउ र बिस्कुट बाहेक अरु केही पुगेको छैन । पहिलोपटक डाँडागाउँमा करुणा फाउण्डेशनले उपलब्ध गराएको राहत सामग्री लिएर नेपाली सेनाको सहयोगमा त्यहाँ पुगेपछि भुकम्प पीडितको अनुहारमा खुशी देखे । हामीले २ सय वटा त्रिपाल पहिलो पटक त्यहाँ झार्न सफल भयौ । जुन राहत सामग्रीको नेतृत्व म आपैmँले गरेको थिए । राहत व्यवस्थापन देखि वितरणसम्म जिम्मेवारी मलाई दिएको हुनाले त्यसको जिम्मेवारी मैले लिनु थियो ।

विपत्तिमा सहयोगमा जुट्दा एक मिनेटले ज्यानजोगिएपछि हामी एक आपसमाखुशी समेत साटासाट ग¥यौ । हेलिकोप्टरमा आएको समस्याको सामान्य समाधान गरी त्यहाँबाट अर्को टिपको लागि धुलिखेल आउनजमिन छोड्न नपाउँदै हेलिकोप्टरको पछाडि पङ्खामा खराबी देखियो । हेलिकोप्टर हत्तपत्तनबन्ने भयो । त्यसपछि हेलिकोप्टरको टोलीले नेपाली सेनाको हेलिकोप्टरमा निर्माणको आवश्यक सामान सहित प्राविधिक टोली माग गरियो । केही समयपछि नेपाली सेनाले प्राविधिक सहित आवश्यक सामग्री लिएर आए तर सामग्री अपुग भयो । त्यही बेलुका अर्को हेलिकोप्टरले आवश्यक सामग्रीलिएर डाँडागाउँ ल्याण्ड भयो । मौसम निकै खराब थियो । हजारा ैँभुकम्प पीडितहरु राहत पाइन्छ भनेर पानी सँगै रुभ्mेर बस्दै थिए । पानी परिरहेको थियो । त्योसँगै कालो बादल र गड्याङगुडुङ चट्याङको आवाज । चट्याङले अति सताउने त्यो ठाउँमा कताकता डर पनिलाग्यो । करिब १ घण्टा पछि मौसम पहिलेकै अवस्थामा आयो । अथवा अझ पहिल ेभन्दा सफा भयो । पछिल्लो पटक त्यहाँस्थित टोलीलाई रासन सहित सामग्रीलिएर आएको हेलिकोप्टरमा म सदरमुकाम धुलिखेलतिरै फर्कने निधो गरे ।

पुन ः नेपाली सेनाको हेलिकोप्टरले डाँडागाउँ छाड्यो । डाँडापारिकै गोकुलेमा भुकम्पकाकारण ढाड भाँचेर बसेकी एक महिला बिमारी छिन भन्ने सुनेको थिए हामी त्यही बिमारीको उद्धारका लागि गोकुले गाविसस्थित सोक्तेल भन्ने गाउँमापुग्यौँ । हामीले बिमारीलाई धुलिखेल ल्यायौँ । हेलिकोप्टरको त्यो करिब १० मिनेट जत्तिको यात्रामा उनको एउटै आवाज थियो म मरे म मरे । अहिले उनकोे धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

त्यसपछि म पनि आप्mनै बाटोमा लागे । डाँडागाउँमा बिग्रिएर बसेको हेलिकोप्टर बनाउन प्राविधिक टोली जुट्दै थियो । नेपाली सेनाको टोलीले त्यहाँ सुरक्षा प्रदान गरिरहेकै थियो । मलाई पनि कताकता डर लागिरहेको थियो कि न गाउँका बच्चाहरुले प्याट्ट ढुंगो हानिदिने पो हो कि? तर त्यस्तो हुँदैन मेरो अर्को मनले मलाई सम्झाइरहेको थियो ।
त्यसपछिका पछिल्लो शुक्रबार उताजाने तयारी त थियो तर सम्भावना नै भएन । भारतीय विमान सेवाले बाँकी राहत सामग्री लिएर जाने तयारी थियो तर गोकुले गाविस र फलामेटारमा रहेको नेपाली सेनाको टोलीलाई रासन पु¥याएर मात्रै डाँडागाउँको सामान लैजाने तयारी थियो ।

कारणबश मौसमका खराबी र सेनाले हुबर गरेको स्थानगलत भएपछि सो विमानफलामेटारमा ल्याण्ड हुन सकेन उतै काठमाण्डौँमापुगेर ल्याण्ड भयो । त्यसपछि डाँडागाउँमा जाने कुरा क्यान्सिल नै भयो ।
हाम्रो अझै १सय ५० वटा त्रिपाल, सय बोरा चामल र २ सय केजीचना लैजानै बाँकी थियो । शनिबार बिहानै लैजाने कुरा भयो त्यहीअनुरुप म पुन ः तयारीमा बसे । शनिबार साढे ९ बजेतिर पुन ः धुलिखेल फुटबल ग्राउण्डबाट डाँडागाउँको लागि हेलिकोप्टर उड्यो । हामीले ४ सय केजी सामानलिएर गयौँ । कानमादुख्ने समस्याले सताउनथाल्यो । लगभग २० मिनेटलगायो सो विमानले डाँडागाउँ पु¥याइदिन । २० मिनेटपछिहामी डाँडागाउँ पुग्यौँ अनि म त्यही बसे । सामान बाँडफाँडबारे मैले त्यहाँस्थित राजनैतिकदल र स्थानीय बुद्धिजीवीहरुलाई बुझाएअर्थात सुझाव दिए सुझावदिननपाउँदै सो विमानपुन ः अर्कोपटक १४ सय केजी सामानलिएर त्यहाँआइपुग्यो अबफर्केर आउँदैन भनेपछि म त्यहाँ बस्ने कुरै भएन । म पनि हेलिकोप्टरको भित्रै बसे । हेलिकोप्टरले काठमाण्डौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हामीलाई झारिदियो ।

आफ्नो जन्मभूमिमा राहतलिएर जाँदाहोस्, या पत्रकारको हैसियतले भुकम्प पीडितको व्यवथालाई बुझ्ने कोसिस गर्दा होस् भुकम्पीडितसँग मैले थुप्रैअनुभव र पीडाहरु साट्न भ्याए । उनीहरु भन्दै थिएतपाईहरु भगवान नै हो हाम्रालागि । राज्यनपुग्ने ठाउँमा अरुकुनै निकाय पुग्छ भन्ने त कोही कसैले सोचेकै थिएन ।

त्यहाँका भत्किएर घर, सिन्भुपाल्चोकका ढलेको घर, अनि भत्किएको मन अझै बन्ने सकेको छैन । त्यसको कुनै निश्चितता नै छैन । त्यसैले भुकम्पपीडितको व्यथा र कथामाथी सरकारले खेलवाड गर्नुहुँदैन । पुनर्निर्माणको कार्यलाई दु्रतगतिमा सरकारले अगाडि बढाउनुपर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment