अख्तियारको नियन्त्रणमा रहेका पत्रकार कनकमणि दीक्षितलाई १२ वैशाख बिहान मुटुको परीक्षण (इसीजी) का लागि वीरअस्पतालको ‘ल्याव’मा लगिंदै ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई अनुसन्धानका लागि थप समय हिरासतमा राख्न ‘म्याद थप’ का लागि विशेष अदालत, काठमाडौंमा निवेदन दर्ता गराएको छ ।
अब केही बेरमै म्याद थप सम्बन्धी निवेदन उपर अदालतमा सुनुवाई शुरु हुँदैछ । अख्तियारका तर्फबाट सरकारी वकिल र अख्तियारका वकिलहरुले बहस गर्दैछन् भने दीक्षितका तर्फबाट अधिवक्ताहरु सतिसकृष्ण खरेल, शम्भू थापा, गोविन्द वन्दी लगायतले बहस गर्दैछन् ।
दीक्षितको स्वास्थ्य अवस्थामा सुधार नभएको र उनलाई निरन्तरको चिकित्सकको निगरानीमा राखिरहनुपर्ने भएपछि अदालतमा उपस्थित गराइएको छैन ।
दीक्षितको वीर अस्पतालमा उपचार भइरहेको छ । वीरका निर्देशक स्वयम् प्रकाश पण्डितका अनुसार दीक्षितलाई उच्च रक्तचापका साथै मुटुमा समस्या देखिएको छ भने छातीमा इन्फेक्सन् छ । उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिरहनु जरुरी छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment