Tuesday, March 1, 2016

शशांकलाई अघि बढ्न दबाब

१९ फागुन, काठमाडौं । कांग्रेसको तेह्रौं महाधिवेशनको ४८ घण्टामात्रै बाँकी छँदा नेतृत्वका लागि बहुकोणीय प्रतिस्पर्धा निश्चित देखिएको छ ।

संस्थापनभित्रै विभिन्न दाबेदारीहरुबीच एकमत बन्न नसकेपछि अहिलेसम्म कमसेकम तीनजना संस्थापनबाट र अर्को पक्षबाट शेरबहादुर देउवा सभापतिको अम्मेदवार हुने सम्भावना देखिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

संस्थापनबाट साझा उम्मेदवार खडा गर्ने प्रयास मंगलबार विफल भए पनि बुधबारसम्म प्रयास जारी रहने कांग्रेस स्रोतले जनाएको छ ।

कार्यवहाक सभापति रामचन्द्र पौडेलले बुधबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यलय सानेपाबाट सभापतिको उम्मेदवारी घोषणा गर्ने कार्यक्रम राखेका छन् । उनको प्यानलको महामन्त्रीमा शशांक कोइराला उठ्ने टुंगो लागेको छ । कोषध्यक्षमा निर्णय हुन सकेको छैन ।

तर, शशांकले सोमबार धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे पुनर्विचार गर्न आग्रह गरेपछि महाधिवेशनको पूर्वसन्ध्यामा सिद्धान्त र नीतिगत विषयमा समेत छलफल गरी त्यसका आधारमा मात्र उम्मेदवार घोषणा गरिनुपर्ने अडान केही नेताहरुले लिएका छन् ।

महाराजगन्जमा महामन्त्री कृष्ण सिटौलाबाहेक संस्थापन पक्षका अन्य शीर्षस्थ नेताहरुबीच भएको बैठकमा आफूले उठाएको मुद्दाका साथ नेतृत्व पदमा दाबेदारी दिन शशांक कोइरालामाथि दबाब परेको एक सहभागीले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सर्वोच्चमा ११ न्यायाधीश सिफारिस  

१९ फागुन, काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतमा रिक्त न्यायाधीशका लागि ११ जनाको नाम सिफारिस गरेको छ  । परिषद्ले मंगलबार राति गरेको निर्णयअनुसार कानून व्यवसायीबाट ४ र पुनरावेदन तहका मुख्य न्यायाधीशबाट ७ जना सिफारिस गरेको हो ।

आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, दीपक कार्की, मिरा खड्का, शारदा घिमिरे, केदार चालिसे र विश्वम्भर श्रेष्ठ सिफारिसमा परेका छन् ।  त्यस्तै अधिवक्ताहरुबाट हरिकष्ण कार्की, प्रकाश राउत, सपना मल्ल र अनिलकुमार सिन्हाको नाम पनि सिफारिस भएको छ ।

सिफारिसको रोलक्रमअनुसार पुनरावेदन अदालत बागलुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् । त्यस्तै केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का क्रमशः दोस्रो, तेस्रो र चौथो वरीयतामा छानिएका छन् । चालिसे पुनरावेदन विराटनगर, घिमिरे बुटवल, र खड्का इलामकी मुख्य न्यायाधीश हुन् ।

सिफारिसपछि परिषद्ले संसदीय सुनुवाइ बिशेष समितिमा नाम पठाएको छ । सुनुबाई समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

यसरी हुन्छ कालोबजारी, पम्पमा खन्याउनुपर्ने तेल सिधैं ड्रममा

१९ फागुन काठमाडौं । नेपाल आयल निगमले सर्वसाधरणको लागि वितरण गर्न पठाएको तेल कसरी कालोबजारी हुन्छ भन्ने जान्नको लागि मंगलबार त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्पको व्यवहार हेरे पुग्छ ।

आयल निगमले पठाएको ट्यांकर सिधै पम्पमा खन्याइ नोजल मार्फत वितरण गर्नु पर्ने प्रावधान छ । तर, त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरले थानकोट डिपोले पठाएको तेल पम्पमा नखनाई सिधैं ड्रममा खन्इयो । अाजकाे राजधानी दैनिकमा समाचार छ ।

सो पम्पको यस्तो व्यवहार प्रत्यक्ष देखेका प्रहरी पनि मूकदर्शक मात्र बने । निगमले पठाएको चार हजार लिटर डिजेल मध्ये पम्पका मालिकले १ हजार लिटर भने ड्रममा खन्याएका थिए ।

पम्प सञ्चालकले पछिल्लो समय निगमले पठाएको तेल ड्रममा जम्मा गर्दै कालोबजारी गर्ने गरेका छन् । त्रिपुरेश्वरको उक्त पम्पले तीन हजार लिटर तेल बितरण गर्दै एक हजार लिटर लुकाएको छ ।

पछिल्लाे समय पम्पले नै कालोबजारी गर्ने गरेको सूचना पाएपछि निगम र प्रहरीले समेत अनुगमन गरिरहेको दाबी गरेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

३५ सय पाउनको लागि हत्या

१९ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ ।

प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरिएको हो । अाजको राजधानी दैनिकमा समाचार छ ।

सार्वजनिक गरिएकामा भलारी पिपलाडी नगरपालिकाका सुरज साउद, इन्द्रदेव भट्ट, प्रदिप महरा र कृष्णसिंह साउद रहेका छन् । उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान कलुवापुर स्थित न्यु बैतडी होटल एण्ड  लजका सञ्चालक ४०वर्षीय अवस्थीको शव होटलभित्रै फेला परेको थियो ।

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले ३५ सय रुपैयाँका लागि मदिराको नशामा उनीहरुले अवस्थीको हत्या गरेका थिए । अवस्थीको हत्या गरेसँगै उनीहरुले काउन्टरमा रहेको ३५ सय रुपैयाँ लुटेर फरार भएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

स्मार्ट ड्राइभिङ लाइसेन्स कार्यान्वयनमा समस्या

१९ फागुन, काठमाडौं । गत मंसिर १४ देखि लागू भएको स्मार्ट ड्राइभिङ लाइसेन्स नियमनका लागि आवश्यक प्रविधि यातायात व्यवस्था विभागले हालसम्म उपलब्ध गराएको छैन ।

स्मार्ट लाइसेन्स लागू भए लगत्तै ट्राफिक प्रहरीलाई उपलब्ध गराउनुपर्ने  लाइसेनसम्बन्धी सफ्टवेयरको लिंक र रिड गर्ने मेसिन विभागले दिन नसकेको अाजको कारोबार दैनिकमा समाचार छ । यसले नियमनमा समस्या देखिएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

तर, विभागले भने सबै काम अन्तिम चरणमा पुगेकाले अबको एक सातामा ट्राफिक प्रहरीलाई स्मार्ट लाइसेन्सको सफ्टवेयर लिंक उपलब्ध गराउने दाबी गरेको छ ।

लाइसेन्स स्मार्ट भए पनि उक्त लाइसेन्स बाहकले मादक पदार्थ सेवन वा अन्य नियम उलंघन गरे ट्राफिकले निवेदनमार्फत विभागलाई कारबाहीको सिफारिस गरिरहेको छ ।

मंसिर १४ यता यतायात व्यवस्था कार्यलय बागमतीले साढे ७ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनसँग सिमाना जोडिएका सीमास्तम्भबारे सरकार बेखबर  

१९ फागुन काठमाडौं । नेपालको चीनसाग जोडिएको दोलखाको लामाबगर गाविसमा रहेको सातवटा सीमास्तम्भमध्ये दुईवटा सीमास्तम्भबारे सरकार बेखबर रहेको छ ।

सीमामा दुई स्तम्भ पहिलेकै ठााउमा नभए पनि नेपाल सरकारले त्यसबारे कुनै चासो दिएको देखिादैन । आजको नयाँ पत्रिकामा समाचार छ ।

चीनसँग सिमाना जोडिएका लामाबगर गाविसस्थित जोमखोला डुयाडुलुङमा रहेको ६० नम्बरको पिलर २०५५ सालमा बाढीले बगाइसकेको छ  ।

५६ नम्बरको पिलर पनि बगाउने अवस्थामा रहेको स्थानीयवासीले पटक पटक जानकारी गराउादा पनि स्थानीय प्रशासनले कुनै ध्यान नदिएको उनीहरुको गुनासो छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चीनले तीन ठूला पेट्रोलियम पदार्थ भण्डारण ट्यांक बनाइदिने

१९ फागुन, काठमाडौं । चीनले मुलुकका तीन ठाउँमा पेट्रोलियम भण्डारणस्थल निर्माण गरिदिने भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका यी भण्डारणस्थलमा ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने आजको कारोबार दैनिकमा समाचार छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यससम्बन्धी सम्झौंता हुने आपूर्ति मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन् ।

चीनले नेपाललाई ३ महिलासम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण क्षमता निर्माण गर्ने चासो देखाएपछि आपूर्ति मन्त्रालयले यसको तयारी थालेको हो । यसका लागि मन्त्रालयले काभ्रेको पाँचखाल, तनहुँको आँबुखैरानी र नुवाकोटको बट्टारमा डिपो निर्माणको प्रस्ताव अगाडि सारेको छ ।

कुन क्षेत्रमा कति क्षमताको डिपो स्थापना गर्ने भन्ने अध्ययन गर्न मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन दिइसकेको छ । नेपालको अहिलेको भण्डारण क्षमता धेरै कम छ । पेट्रोल ५ दिन र डिजेल १५ दिनका लागि मात्र पुग्ने भण्डारण क्षमता रहेको छ ।

अहिले पेट्रोलियम पदार्थको भण्डारण क्षमता ७१ हजार १९८ किलोलिटर क्षमता छ । काठमाडौंमा मात्र दैनिक ३५० किलोलिटर पेट्रोल र ४५० किलोलिटर डिजल खपत हुन्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं