Tuesday, March 1, 2016

३५ सय पाउनको लागि हत्या

१९ फागुन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न चार युवकलाई सार्वजनिक गरेको छ ।

प्रहरी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर हत्या आरोपी चारै युवकलाई सार्वजनिक गरिएको हो । अाजको राजधानी दैनिकमा समाचार छ ।

सार्वजनिक गरिएकामा भलारी पिपलाडी नगरपालिकाका सुरज साउद, इन्द्रदेव भट्ट, प्रदिप महरा र कृष्णसिंह साउद रहेका छन् । उनीहरुले अवस्थीको घाँटी रेटेर हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान कलुवापुर स्थित न्यु बैतडी होटल एण्ड  लजका सञ्चालक ४०वर्षीय अवस्थीको शव होटलभित्रै फेला परेको थियो ।

कञ्चनपुरका प्रहरी नायव उपरीक्षक केदार खनालले ३५ सय रुपैयाँका लागि मदिराको नशामा उनीहरुले अवस्थीको हत्या गरेका थिए । अवस्थीको हत्या गरेसँगै उनीहरुले काउन्टरमा रहेको ३५ सय रुपैयाँ लुटेर फरार भएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment