१९ फागुन, काठमाडौं । प्रहरीको अपराध महाशाखाले अवैध हुण्डी कारोबारमा संग्लग्नलाई ठुलो रकमसहित महाबौद्धबाट पक्राउ गरेको छ ।
काठमाडौंको महाबौद्धमा पवन जनलियाले सञ्चालन गरेको न्यू पायल इम्पेक्सबाट प्रहरीले ४७ लाख नगदसहित बिभिन्न बैंकका चेक र भौचरहरुसहित इम्पेक्सका एकान्टेन्ट भीमशेन शर्मालाई पक्राउ गरेको हो ।
इम्पेक्सका सञ्चालक पवन जमलिया फरार छन् । प्रहरीका अनुसार उनले सञ्चालन गरेको न्यू पायल इम्पेक्सले राष्ट्रबैंकका नियमावली विपरित हुण्डी कारोबारबाट राजश्व छली गरी ठुलो परिमाणमा रकम राख्ने गरेका थिए ।
मूख्य कारोबारी पक्राउ नपरेपनि प्रहरीले एकाउन्टेन्ट शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान बिभागमा पठाएको छ । मुख्य कारोबारी पवनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment