१८ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीले मंगलबारबाट बस्ने भनिएको आमरण अनशन स्थगित भएको छ ।
नागरिक समाजका अगुवाहरुले माग पुरा गर्ने दिशामा सकारात्मक काम भइरहेको भन्दै राज्यलाई समय दिन आग्रह गरेका थिए । ‘यो आग्रहलाई ध्यानमा राखेर आजदेखि मैले सुरु गर्ने भनेको आमरण अनसनको कार्यक्रम अहिलका लागि स्थगित गरेको छु’ डा. केसीले भनेका छन् ।
उनले विवादास्पद प्रतिष्ठानसम्वन्धी विधेयक फिर्ता लिनु पर्ने, चिकित्सा शिक्षाको अनियमितामा मुछिएकाहरुमाथि छानविन हुनु पर्ने, त्रिवि चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानको डीन वरिष्ठताका आाधारमा नियुक्त गर्नु पर्ने माग अघि सारेका छन् ।
यो माग पुरा नभए वा विगतका सहमति उल्लंघनको प्रयास भए कुनै पनि बेला आमरण अनसनब सुरु गर्ने डा. केसीको चेतावनी छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment