Tuesday, March 1, 2016

अहिले प्रयोग भैरहेको प्रजातन्त्रको ढाँचा तपाईंलाई कस्तो लाग्छ ?

अमेरिका, बेलायत र भारतमा समेत नभएको प्रजातन्त्र हामीकहाँ छ जस्तो लाग्छ ।
गोपाल ढकाल छन्दे’, हास्यकलाकार

तन्त्रको ढाँचा सही छ, प्रजा अलाकाँचा भयौं । व्यवस्था ठीक छ, अवस्था गलत भयो । बहुदल राम्रो थियो, बाहुबलले बिगार्‍यो । प्रयोग हुनुपर्ने दुरुपयोग भयो । आहा लाग्नु पर्ने, छ्या हुनपुग्यो ।
मनोज गजुरेल, हास्य–व्यंग्यकार 

प्रजातन्त्र, हलीबिनाको दाइँजस्तो भएको छ । न जनता अनुशासित छन्, न शासक वर्ग । टाठा–बाठाहरूले स्वतन्त्रताको गलत फाइदा उठाइरहेका छन् ।
बाबु बोगटी, गायक

प्रजातन्त्र आफैंमा राम्रो प्रणाली हो, तर नेपालमा प्रजातन्त्रभित्र विकृति मौलाएको छ । नेतृत्ववर्गका कारण प्रजातन्त्रप्रति जनताको विश्वास घट्दै गएको छ ।
प्रदीपकुमार उदय, निर्माता

प्रजातन्त्र होइन, पर जा तन्त्र जस्तो भएको छ ।
सुगम पोखरेल, गायक

यो एउटा चाड जस्तो त हो, तर व्यवहारिक छैन ।
सिर्जना सुब्बा, रंगकर्मी

प्रजातन्त्र होइन, अनपढ तन्त्रजस्तो पो भएको छ । जनतालाई कष्ट दिएर नेताहरूको कमाउने बहाना भएको छ ।
नील डेविड, हेयर डिजाइनर

देशमा प्रजातन्त्रको सही प्रयोग भएको भए देश रेमिटेन्सको भरमा हुँदैनथ्यो होला । यसैबाट यो ढाँचाको लम्बाइ, चौडाइ बुझे हुन्छ ।
अशेष अधिकारी, सञ्चारकर्मी

प्रजातन्त्रको ढाँचा जनताका लागि होइन, नेताका लागि बनाइएजस्तो लाग्छ ।
जयकिशन बस्नेत, नायक

भोकमरी तन्त्र, भुइँचालो तन्त्र, नाकाबन्दी तन्त्र, हत्या तन्त्र, लुट तन्त्र, बलात्कार तन्त्र, घूस तन्त्र, नातावाद तन्त्र, मनपरी तन्त्र भनेको त थाहा छ । यो प्रजातन्त्र भनेको के हो ?
जुनु रिजाल, गायिका

हामीले प्रजातन्त्रको नाममा बढी नै स्वतन्त्रता पाए जस्तो लाग्छ । व्यवस्था परिवर्तन हुँदैमा केही हुँदो रहेनछ । व्यवस्था र तन्त्र चलाउने मानिसहरूको सोच वा व्यक्ति नै परिवर्तन हुनु पर्दो रहेछ ।
भरत सिटौला, गायक

प्रजातन्त्र ‘अफ द पिपुल, वाइ द पिपुल एण्ड फोर द पिपुल’ हुनुपर्ने हो तर…. ?
लोकराज अधिकारी, गीतकार

ढाँचा ठीक छ । कार्यान्वयन गतिलो छैन । नेता तथा दलहरूले प्रजातन्त्रको चरम दुरुपयोग गरिरहेका छन् ।
गणेशदेव पाण्डे, निर्देशक

हाम्रो देशमा नेताहरूको बोलीको तन्त्र मात्र छ । प्रजातन्त्र त कहाँ छ र ?
ऋचा शर्मा, नायिका


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment