फाल्गुन १८, २०७२- लुकाएको वा पर्दा नखोलिएको वस्तुको महत्व देखिसकिएको वा थाहा पाइसकेको वस्तुको भन्दा बढी हुन्छ भन्ने कुरा नेपाली चलचित्रका महानायकलाई थाहा रहेनछ, अरूको त के कुरा गर्नु ?
नायिकाहरू चलचित्रको छायांकनस्थलबाट सेल्फी खिच्दै फेसबुकमा पोस्ट गरेको देखिएकै हो, त्यसरी उनीहरूले चलचित्रका लागि धारण गरिएको आफ्नो गेटअप सार्वजनिक गरिदिन्छन् । महानायक राजेश हमालले तीभन्दा १० कदम अघि बढेर चलचित्र ‘शकुन्तला’मा आफूले महिला भेष धारण गरेको कुरा तस्बिर तथा भिडियोमार्फत चलचित्रको छायांकन नसकिँदै जगजाहेर गरिसके ।
तीन दशक लामो आफ्नो चलचित्र यात्रामा राजेश हमालले महिला भएर अभिनय गरेको यो पहिलो अवसर हो, तर उनले आफ्नो भेष पहिल्यै देखाइसकेपछि अब के त्यो भूमिकाले चर्चा पाउला ? बलिउडका कलाकारहरू चलचित्र आउनुअघि आफ्नो नयाँ गेटअप सकेसम्म लुकाउँछन् । किनभने चलचित्र चलाउन र दर्शकहरूलाई आफ्नो भूमिकाप्रति कौतूहलता जगाउन त्यसो गर्नु राम्रो हुने कुरा उनीहरूले बुझेका छन् । हाम्रा नायक तथा नायिकाहरूलाई कति हतार ?
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment