Tuesday, March 1, 2016

नेपाली युवतीलाई दिल्ली हुँदै इराक पठाउने दुई पक्राउ

१८ फागुन, काठमाडौं । नेपाली युवतीहरुलाई नयाँ दिल्ली हुँदै दुवई, कुवेत र इराकमा पठाएको अभियोगमा दुई जना पक्राउ परेका छन् । दुबै एजेन्ट भएको प्रहरीले बताएको छ ।

गत साउन ५ गते दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट २७ नेपाली युवतीलाई उद्दार गरिएको थियो । उनीहरुलाई साउन १९ गते नेपाल ल्याइएको थियो ।

अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काभ्रे घर भई बानेश्वर थापागाउँ बस्ने बीके भन्ने सानु लामा र कपिलबस्तु घर भई नारायणटार बस्ने डीबी भन्ने दानबहादुर क्षेत्रीलाई पक्राउ गरेको छ ।

दुबैले युवतीहरुसँग रकम लिएर एजेन्ट मार्फत भारतको नयाँ दिल्लीतर्फ पठाएको प्रहरीको दाबी छ ।

प्रहरीले यसअघि नै सुशील भन्ने सुजिल थापा र राजबाबु श्रेष्ठ पक्राउ गरिसकेको छ । दुबैविरुद्ध मानव बेचविखन तथा ओसार पसार मुद्धा चलाइएको छ र पुर्पक्षका लागि थुनामा राखिएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment