१९ फागुन, कसरा । चितवनका संरक्षणकर्मीहरुले हचुवाको भरमा गैंडा स्थानान्तरण गर्न लागिएको भन्दै विरोध गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट बर्दियामा पाँच वटा गैंडा स्थानान्तरण गरिँदैछ ।
कुनै बहुराष्ट्रिय संस्थाको दवावमा आएर गैंडा लगिदै गरेको र विगतमा लगिएको अधिकांश गैंडा असुरक्षित भएकाले यसको विरोध गर्नुपरेको संरक्षणकर्मीहरु बताउँछन् । हचुवाको भरमा गैंडा स्थानान्तरण गर्न लागिएको भन्दै संरक्षणकर्मीहरुले जिल्ला प्रशासन कार्यालय र निकुञ्ज कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
गैंडा संरक्षणमा क्रियाशील विकास पाठकले विगतमा ८३ वटा गैंडा वर्दियामा पुगेकामा हाल २९ वटा मात्र बाँकी रहेको भन्दै बर्दिया गैंडाको लागि उपयुक्त नभएको बताए ।
उक्त समयमा चितवनमा ३ सय वटा गैंडा रहेकामा अहिले बढेर ६ सय भन्दा बढी पुगेको तर बर्दियामा घट्दै गएको वन्यजन्तु विज्ञ तथा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका प्रा. डा. कृष्ण काफ्ले बताउँछन् ।
-अनन्तप्रकाश सुवेदीबाट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment