Tuesday, March 1, 2016

अभावमा पनि खुसी देखिनुको कारण के होला ?

नेपालीहरूले दु:ख लुकाउन जानेका छन्, त्यसैले ।
आर्यन सिग्देल, नायक

त्यतिकै हामीलाई वीर भनिएको होइन । हामी जस्तोसुकै दु:खमा पनि आफ्नो स्वाभिमानका लागि अडिग रहनसक्छौं र अरूको भर पर्दैनौं । जे छ, जसो छ त्यसमै रमाउँछौं । त्यसैले होला यस्तो अवस्थामा पनि हामी नेपालीहरू खुसी देखिएका ।
हिमाल सागर, गायक

आज दु:ख भए पनि भोलिको दिन राम्रो हुनेछ भन्ने कुरामा आशावादी भएकाले खुसी देखिएका हौं ।
बादल प्रसाईं, गायक

विकल्प नभएर ।
निशा अधिकारी, नायिका

हामी नेपालीहरू सहनशील भएकाले सहेका ।
मौसमी गुरुङ, गायिका

देश पो गरिब हो त, जनता त धनी छन नि । जसरी पनि पुर्‍याएकै छन् ।
सुसन खड्का, अभिनेत्री

अभावले धेरै कुरा सिकाइ पनि रहेको छ । वाहनमा इन्धन नभए हिँडेरै भए पनि स्वस्थ हुन पाइयो । एकअर्कालाई लिफ्ट दिएर नयाँ चिनाजान गर्न पाइयो । सहयोगी भावना बढेर गएको छ ।
यशराज गराच, नायक

खुसी त खासै कोही छैनन् । हामी नेपालीहरूको सबैसँग मिलेर बस्ने बानी छ । अवस्था नराम्रो भएकोमा दु:ख त छ, तर नेपालीको शिर कसैका सामू झुक्दैन ।
अनिता आचार्य, नायिका

हामी सहनशील छौं, स–साना कुरामा रमाउन सक्छौं । हामीमा सकारात्मकता छ । एकअर्कालाई सहयोग गर्ने भावना छ । त्यसैले जस्तोसुकै गाह्रो परिस्थितिमा पनि हिम्मत हार्दैनौं ।
प्रियंका कार्की, नायिका

हामीले खुसी पनि ब्ल्याकमा खरिद गरेका छौं ।
पूजा शर्मा, नायिका

हामीमा पर्याप्त धैर्यता छ । छिट्टै हार नमान्ने बानी, सुनौलो भविष्यको कल्पना तथा हामी फेरि पनि उठ्न सक्छौं भने भावनाका कारण हाम्रो मुहारले दु:ख पचाएर हास्न सकेको छ ।
गजित बिष्ट, नायक

मेहनति नेपाली मेहनतको दुई छाक खान पाउँदा खुसी हुन्छन् । कुरा बिगार्ने अरूले उचालेर हो । उचाल्ने जति अहिले छेऊ लागिरहेका छन् । अब फेरि जुन दिन उचाल्न थाल्छन्, यही खुसी आक्रोशमा परिणत हुन कत्ति पनि बेर लाग्दैन ।
प्रदीप खड्का, नायक

आत्मसम्मानमा कसैले खेलबाड गरेको सहन नसक्ने कारणले हो कि, तर बाहिरको अनुहार र राजधानीको अनुहार चाहिँ फरक छ ।
विजय बराल, रंगकर्मी

अभावै अभावमा बाँच्न अभ्यस्त भैसकेका, जस्तोसुकै परिस्थितिको सामना गर्न सक्ने, स्वाभिमानी एवं सहनशील भएकाले नेपालीहरूको मुहारमा खुसी झल्किएको हो ।
रोशन भट्टराई, गीतकार

नेपाली महान भएर, दु:ख पाउँदा–पाउँदा आजित भएर, सधैं यस्तै त हो नि भन्ने बुझेर, जीवन जिउन जानेर ।
नरेश भट्टराई, सञ्चारकर्मी

नेपालको माटो जति नरम छ, नेपालीहरूको मन त्यति नै कोमल छ । हामी नेपालीहरू दु:खमा पनि खुसी खोज्न सक्छौं ।
सविन श्रेष्ठ, नायक


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment