Tuesday, March 1, 2016

अमेरिकाद्वारा नेपाल भ्रमणसम्बन्धि चेतावनी खारेज  

१८ फागुन, काठमाडौं । गत असोजमा अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमणका क्रममा सचेत रहन दिएको चेतावनी सोमबार खारेज गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले नेपालसम्बन्धी २०७२ असोज २१ गते जारी गरिएको भ्रमण चेतावनीले गोरखा भूकम्पपछिको भौगर्भिक अस्थिरताका साथै वर्षा ऋतु, तराईमा विद्यमान तनाव र देशव्यापी इन्धन अभावलाई प्रतिविम्बित गरेको थियो ।

यी अवस्थाहरूमा परिवर्तन भइसकेकाले २०७२ फागुन १७ गतेबाट लागु हुने गरी उक्त भ्रमण चेतावनी खारेज भएको अमेरिकी बिदेश मन्त्रालयले जानकारी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी यात्रीहरूका प्रयोजनका लागि नेपाल लगायत विश्वका हरेक देशका निम्ति स्थानीय अवस्था र जोखिमहरूको वर्णनसहितका निश्चित देशीय सूचना पत्रहरू प्रकाशित गर्छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment