झापा, फागुन १८ । यातायात व्यवस्था कार्यालय मेचीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बितरण नियमित गर्न नसक्दा सेवाग्राही अप्ठेरोमा परेका छन । नयाँ सवारीको दर्ता गरिरहेपनि सवारीचालक अनुमतिपत्रको वितरण भने नियमित नहुँदा मेचीमा गुड्ने सवारीका चालकहरु लाइसेन्सबिना सवारी चनाउन बाध्य छन् ।
बागमती अञ्चलमा सवारी चालकलाई स्मार्ट कार्डमार्फत अनुमती पत्र (लाइसेन्स) वितरण सुरु गरिसकिएको भएपनि यातायात व्यवस्था कार्यालय मेचीले भने लामो समयदेखी साविककै लाइसेन्स पनि वितरण नियमित गर्न सकेको छैन । गत साउनयता लाइसेन्सको वितरण नियमित छैन ।
बिशेष गरी पछिल्लो समय ‘ए’ श्रेणी अन्तर्गतका नयाँ सवारी बढेपनि त्यसका चालकले लाइसेन्स पाउन सकेका छैनन् । त्यस्तै ‘बी’ श्रेणी अन्तर्गतका कार, जीप र भ्यान लगायत अन्य श्रेणीका नयाँ चालकले समेत लाइसेन्स पाउन लामो समय कुर्नु पर्ने बाध्यता बनेको छ ।
यसरी लामो समय लाइसेन्स नखुल्दा आफुहरु मर्कामा परेको लाइसेन्स लिन प्रतिक्षारत चालकहरु बताउछन् । ‘यातायात कार्यालयले लाइसेन्स खुलाउदैन, ट्राफिक चेकिङ्गमा बस्छ’ बिर्तामोडका याम भुजेलले भने, ‘अनि ट्राफिकलाई छलेर भाग्नुपर्छ ।’
यातायात व्यवस्था कार्यालय मेचीले भौतिक तथा प्राविधिक अभावका कारण लाइसेन्स वितरण नियमित गर्न नसकिएको स्वीकारेको छ । ‘साउनयता तराई बन्द, तेलको अभाव, प्राविधिक समस्या र ट्रायलका लागि भौतिक संरचना निर्माण नभएकाले लाइसेन्स दिन ढिलो भएको हो’ यातायात व्यवस्था कार्यालयका शाखा अधिकृत टंक कार्कीले भने, ‘अब नियमित गर्दै लैजान्छौं ।’
मेची अञ्चलमा ७० हजार सवारी दर्ता छन् । पछिल्लो समय ई-रिक्सा समेत सडकमा गुड्न थालेकाले यसको दर्ता र चालकलाई लाइसेन्स दिने प्रक्रिया समेत थपिएको छ ।
राजु पौडेलबाट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment