Tuesday, March 1, 2016

जलउत्पन्न कार्यालय लमहीका प्रमुखलाई कालोमोसो

१८ फागुन, दाङ । जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीको १८ नम्वर डिभिजन प्रमुख वेदानन्द उपाध्याय माथी कालोमोसो छ्यापिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले कालोमोसो छ्यापेका हुन् ।

उपाध्यायले भ्रष्टाचार गरेको विप्लव माओवादीको आरोप छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खड्काले ४/५ जनाको संख्यामा पुगेका ब्यक्तिहरुले कार्यालय प्रमुख उपाध्याय माथी कालोमोसो छ्यापेको पुष्टि गरे । प्रहरी तत्कालै जलउत्पन्न प्रकोप कार्यालयमा पुगे पनि कसैलाई पक्रेको छैन ।

‘४-५ जनाको समूहमा पुगेका ब्यक्तिहरुले कार्यालय प्रमुख माथी कालोमोसो छ्यापेको पाइयो, प्रहरी तत्कालै कार्यालयमा पुग्दा उनीहरु भागिसकेका रहेछन् । कालोमोसो भरेर लगेको डिब्बा हामीले बरामद गरेका छौं, प्रहरी प्रमुख खड्काले भने, ‘घटनाको अनुसन्धान गरिरहेका छौं ।’

किसान संघ क्रान्तिकारले मंगलबार विज्ञप्ति निकालेर उपाध्यायले भ्रष्टाचार गरेकाले कालोमोसो दलेको जानकारी दिएको छ । नितिगतरुपमा उपभोक्ता समिति मार्फत गरिनुपर्ने कामलाई लाखौं रुपैयाँ कमिसन लिएर ठेकेदार मार्फत काम गराएको संघको आरोप छ ।

कमिसनको खेलमा गुणस्तरीय काम नहुदा उपभोक्ताहरु ठगिएको र कार्यालय प्रमुख उपाध्यायले विभिन्न कार्यक्रमबाट कमिसन लिएको संघको बिज्ञप्तीमा उल्लेख छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment